ग्लोबल आइएमईको सेवा सुन्धाराबाट

६ चैत्र २०६९, मंगलवार १७:११ मा प्रकाशित

काठमाडौं, ६ चैत । ग्लोबल आइएमई बैंक लि.ले काठमाडौं सुन्धारामा नयाँ शाखाको विस्तार गरेको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुन्धारा शाखा र त्यहाँस्थित एटीएम काउन्टरको गत साता उद्घाटन गर्नुभयो । सुन्धाराआसपास रहेका व्यवसायी तथा अन्य ग्राहकलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले बैंकको कर्पोरेट अफिसका मार्केटिङ र कार्ड तथा इन्टरनेट बैकिङ विभाग पनि यसै भवनमा सञ्चालन गरिएको सो बैंकले जनाएको छ ।
‘सबैका लागि बैंक’ भन्ने मुल नारालाई चरितार्थ गर्न बैंकिङ पहुँच नपुगेको ग्रामीण क्षेत्रका वासिन्दालाई सेवा पुरयाउन शाखारहित बैकिङ सेवा पनि ग्लोवल आइएमईले सञ्चालनमा ल्याएको छ ।
स्थापना भएको ६ बर्षको छोटो अवधिमा बैकको ग्राहक खाता संख्या ३ लाख १९ हजार पुगिसकेको बैकको दाबी छ । हाल बैंकको निक्षेप २९ अर्ब ६१ करोड पुगेको र कर्जा प्रवाह २४ अर्ब ४४ करोड रहेको उक्त बैंकको कथन छ । मेचीदेखि महाकालीसम्म फैलिएका ६३ शाखा सञ्जाल र ६२ वटा एटिएममार्फत देशका विभिन्न स्थानमा बैंकिङ सेवा प्रदान गरिरहेको ग्लोबल आइएमई बंैक शाखाको सङ्ख्याका हिसाबले निजी क्षेत्रको बैंकमा अग्रणी मानिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड