कोलोराडोमा कवि गोष्ठी सम्पन्न

२० चैत्र २०६८, सोमबार ००:२६ मा प्रकाशित

कोलोराडो । अन्तराष्ट्रिय साहित्य समाजको कोलोराडो च्याप्टरको नियमित कवि गोष्ठी सफलता पूर्वक सम्पन्न भएको छ कार्यक्रममा रचना वाचनको साथमा गायिका उर्मिला श्रेष्ठ तथा अर्की गायिका निर्मला श्रेष्ठले “खोलाको तीरमा नाँचेर हिंडछे त्यो कालो जुरेली, त्यो कालो जुरेली “बोलको गीत गायक हिरण्य भोजपुरेको गितारको धुनमा गाउनु भएको थियो ।

दिदी बहिनीको आवाजमा यो गीत घन्किदा साँच्चै पुरानो जमानाको लेकाली समूह नै उर्लिएर आए झैं भान भएको थियो । उक्त कवि गोष्ठी साहित्यमय मात्र नभएर संगीतमय पनि बनेको थियो ।

कवि गोष्ठीमा गजलकार मनु ब्राजाकी, गायक हिरण्य भोजपुरे,अन्तर्राष्ट्रिय साहित्य समाजका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदाल, उर्मिला श्रेष्ठ, निर्मल प्याकुरेल, आचार्य प्रभा, मीना पौडेल, साहरा कार्की, कृष्ण मुरारी ढुङेल, भुपेन्द्र महत, दिनेश कार्की, राजु सिटौला, पदम विश्वकर्माले आ-आफ्ना रचनाहरू वाचन  गर्नु भएको थियो ।

कोलोराडो च्याप्टरका अध्यक्ष पदम बिश्वकर्माले सञ्चलान गर्नु भएको उक्त कवि गोष्ठीमा रचना श्रवण गर्नु हुनेहरुमा निर्मला श्रेष्ठ, दीप्ती आचार्य, शिरिष भोजपुरे, कृपा श्रेष्ठ, प्रसन्नराज मोक्तान/श्रीमती मोक्तान, रवि कार्की, मनोज तुलाधार हुनुहुन्थ्यो । उक्त कवि गोष्ठीको अन्तिम चरणमा मीठो भोजन र जलपानको बन्दोबस्त पनि गरिएको थियो । कार्यक्रमको समापन गर्नु हुँदै अध्यक्ष पदम बिश्वकर्मा ज्युले आयोजक शिरिष भोजपुरे र श्रीमती कृपा श्रेष्ठप्रती आभार व्यक्त गर्नु भएको थियो । यसरी कोलोराडो च्याप्टरद्वारा संचालित कवि गोष्ठीप्रती कोलोराडो बासीहरूको चासो र सहयोग बढ्दै गएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका पुगेको एक नेपाली जोडीबीच भयङ्कर मनमुटावपछि पुरुषले पत्नीलाई परित्याग गरेको र नेपाल आएर अर्की महिलासँग बिहा गरी आफ्नो विद्यावारिधि

सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले