इराकमा बन्दी बनाइएका दुई नेपाली मुक्त

६ चैत्र २०६९, मंगलवार ०७:२७ मा प्रकाशित

काठमाडौं, ६ चैत । बिना भिसा इराक प्रवेश गरेको आरोपमा इराकमा पाँच पाँच वर्षको जेल सजाय पाएका चितवन भरतपुरका गोपाल अम्गाईं र मकवानपुर फाखेलका राजेश लामालाई त्यहाँको अदालतले आममाफी दिएको छ । डेढ वर्षअघि उक्त सजाय सुनाइएका उनीहरुलाई पाकिस्तानस्थित नेपाली दूतावासको पहलमा सजाय माफी भएको बुझिएको छ ।
अम्गाईं र लामा निर्दोष रहेको भन्दै उनीहरुलाई आममाफी दिन नेपाल सरकारले लिखित रुपमै अनुरोध गरेपछि इराकले उनीहरुलाई आममाफी दिई स्वदेश फिर्ता पठाएको पाकिस्तानका लागि नेपाली राजदूत भरत पौडेलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । नेपालमा रहेका परिवारको आग्रहपछि तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले इराकका प्रधानमन्त्रीलाई आममाफी दिन अनुरोध सहितको पत्र पठाएको पनि पाकिस्तानस्थित नेपाली दूतावासले जनाएको छ ।
दलालहरु मार्फत् इराक छिरेका अम्गाई र लामाको राहदानी जाँच गर्दा इराकको भिसा नभेटिएपछि गैरकानुनी रुपमा इराक प्रवेस गरेको आरोप लगाई त्यहाँको अदालतमा मुद्दा चलाइएको थियो। उनीहरु पक्राउ पर्ने वित्तिकै उनीहरुलाई इराक पुर्याउने दलाल फरार भएका र प्रहरीसँगको बयानमा उनीहरुले दलालले झुक्याएर कुवेत भन्दै इराक ल्याएकोले आफूहरु निर्दोष रहेको जनाएका थिए। तर अदालतले दोषी ठहर गर्दै पाँच बर्षको कैद सजाय सुनाएपछि उनीहरुलाई बार्स्रास्थित जेलमा राखिएको थियो। जेलमुक्त भई अम्गाईं र लामा सोमबार राती स्वदेश फर्किसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।