‘सर्वोच्चको फैसला बारलाई सहज अवतरणको अवसर’

६ चैत्र २०६९, मंगलवार ०७:११ मा प्रकाशित

काठमाडौं, ६ चैत । बहालवाला प्रधानन्यायाधीशलाई कार्यपालिका प्रमुख नियुक्त गर्दा शक्ति पृथकीकरणको सिद्धान्त खल्बलिन पुगेको भन्दै बिरोध गर्नेहरुलाई सर्वोच्च अदालतले शान्त तुल्याउने प्रयास गरेको छ । सर्वोच्चको सोमबारको आदेशपछि यस्तो अनुभूति गरिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलासको आदेशअनुसार चुनावी सरकारको नेतृत्व गर्दासम्म खिलराज रेग्मीले अब  प्रधानन्यायाधीशको पहिचान अघिसार्न पउनुहुने छैन । स्वतन्त्र न्यायपालिकामा मन्त्रिपरिषदका अध्यक्ष रेग्मीबाट कुनै प्रभाव नपरोस् भनेर यस्तो आदेश दिनुपरेको सर्वोच्चको निर्णयाधारमा उल्लेख गरिएको छ ।
अदालतको आदेशमा भनिएको छ , ‘नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५८ अनुसार मिति २०६९।११।३० गते जारी भएको बाधा अड्काउ फुकाउने आदेशअनुसार सम्माननीय प्रधानन्यायाधीश वर्तमान समयमा अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्षको कार्यसम्पादन गरिरहनुभएको र अहिलेको परिस्थितिमा निजको प्रधानन्यायाधीशको हैसियतमा कार्य गर्ने कुनै भूमिका नहुने हुँदा कार्यकारिणीको अध्यक्षको हैसियतले कार्य गरिरहनुभएको निजबाट स्वतन्त्र न्यायपालिकाको कार्यक्षेत्रमा कुनै प्रतिकूल प्रभाव नपरोस् भन्ने उद्देश्यले निजले सो जिम्मेवारी सम्हालेसम्मका लागि निजलाई अन्तरिम चुनावी परिषद्को अध्यक्ष मात्रले परिचित हुन तत्कालका लागि अन्तरिम आदेश जारी गरिदिइएको छ ।’
अदालतको यस आदेशले प्रधानन्यायाधीश पदबाट रेग्मीले राजीनामा दिनुपर्ने भन्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसियसनलाई समेत सहज अवतरणको अवसर प्रदान गरेको छ । फैसलाले आफूहरुको माग जायज थियो भन्ने पुष्टि गरेको प्रतिक्रिया बार पदाधिकारीहरुले दिएका छन् । बारका एक पदाधिकारीलेचाहिँ रेग्मीले राजीनामा नै दिनुपर्ने अडान व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर