कुन मन्त्रालयको जिम्मा कसलाई ?

५ चैत्र २०६९, सोमबार २०:११ मा प्रकाशित

काठमाडौं, ५ चैत । चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । अब मन्त्रिपरिषद्को सदस्य संख्या ११ पुगेको छ । प्रमुख चार राजनीतिक दलहरुको सिफारिसमा रेग्मीले मन्त्रिपरिषदमा सोमबार आठजना थप्नुभएको हो । एमाओवादी, कांग्रेस र एमालेले दुई दुईजना नाम सिफारिस गरेका हुन् भने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र राष्ट्रपतिका तर्फबाट एक एक जनाको नाम सिफारिस भएको बताइएको छ ।
नवनियुक्त मन्त्रीहरुमा शंकर कोइरालालाई अर्थ, उद्योग र आपूर्ति, माधव पौडेललाई शिक्षा, सूचना तथा सञ्चार र सामान्य प्रशासन, विद्याधर मल्लिकलाई संघीय तथा स्वास्थ्य, छविलाल पन्तलाई भौतिक पूर्वाधार निर्माण तथा सहकारी, टेकबहादुर घर्ती थापालाई कृषि र वन तथा भू संरक्षण, रामकुमार श्रेष्ठलाई युवा, शान्ति तथा पर्यटन, उमाकान्त झालाई ऊर्जा, विज्ञान प्रविधि र सिँचाइ मन्त्रालय र ऋद्धिबाबा प्रधानलाई महिला बालबालिका तथा भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसअघि माधव घिमिरेले गृह र परराष्ट्र तथा हरिप्रसाद न्यौपानेले कानून, संविधानसभा र श्रममन्त्रीका रुपमा सपथ लिइसक्नुभएको छ भने खिलराज रेग्मीले मन्त्रिपरिषद अध्यक्ष र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीले वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी

काठमाडौँ । नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी समिति बैठक सकिएको छ। बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्दै अदालतले