तरकारी बजारमा व्यापारी अपहरित

५ चैत्र २०६९, सोमबार १९:५२ मा प्रकाशित

काठमाडौं, ५ चैत । तरकारी व्यावसायीलाई दिनदहाडै अपहरण गरी बन्धक बनाएर फिरौती माग्ने तीनजना प्रहरीको फन्दामा परेका छन् । काठमाडौं बल्खुस्थित फलफुल बजारमा राजविर सिंह र कुमार नेपाली नामका दुई व्यावसायी ट्रकमा आएको आफ्ना सामान अनलोड गराउनका लागि फलफुल बजार जाने क्रममा उनीहरुको बाटो छेकी सोधपुछ गर्नु छ भन्दै अभियुक्त तीनजनाले सोही स्थानमा रहेको पुरानो घरमा लगी झ्यालबाट छिराएर बन्दी तुल्याई फिरौती मागेका थिए ।
पक्राउ पर्नेहरुमा मकवानपुर जिल्ला फाखेल–३ घर भई काठमाडौँ महानगरपालिका–१४ बल्खु बस्ने २९ बर्षीय तरङ्ग भन्ने विनोद लामा, सोही ठाँउ घर भई बल्खु बस्ने २३ बर्षीय मनोज लामा र सुनसरी जिल्ला धरान नगरपालिका–१९ घर भई बल्खु बस्ने वर्षीय २३ बर्षीय विश्व श्रेष्ठ रहेका छन् ।
उनीहरुले डर त्रास, धाक धम्की देखाई ३ लाख फिरौति रकम माग गरेकोमा बन्दीहरु मध्ये कुमार नेपालीलाई पैसा लिनको लागि बाहिर पठाएकोमा नेपालीले महानगरीय प्रहरी बृत्त कालिमाटीमा खबर गरेपछि तत्काल उक्त स्थानमा प्रहरी टोली खटिई बन्दी बनाई राखेको स्थानबाट राजविर सिंहलाई उद्धार गरेको थियो ।
प्रहरीले अभियुक्तहरुलाई अपहरण तथा शरिर बन्धक ऐनअन्तर्गत मुद्धामा काठमाडौ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण