कैदी भगाउन हेलिकप्टरको प्रयोग

५ चैत्र २०६९, सोमबार १७:३८ मा प्रकाशित

एजेन्सी । जेलमा सुरुङ्ग खनेर, भित्ता फोरेर कैदी भागेका समाचार त बेलाबेलामा सुनिदै आएको हो, तर हेलिकप्टर चढेरै कैदी फरार भएको कुरा सायदै कसैले सुनेका थिए ।
तर, यस्तै घटना घटेको छ क्यानडाको मन्ट्रियलनजिक सेन्ट जेरोम जेलमा । उक्त जेलका अधिकारीलाई उद्धृत गर्दै एजेन्सीहरुले जनाएअनुसार गत आइतबार दिउँसो स्थानीय समयअनुसार अढाई बजे एउटा हेलिकप्टर जेलमाथि आयो र डोरी खसाल्यो । बिजुलीको गतिमा सो डोरीमा झुण्डिएर दुई कैदी हेर्दाहेर्दै फरार भए ।
मन्ट्रियलबाट ६० किलोमिटरको दुरीमा भएको उक्त घटनाका क्रममा भागेका दुबै कैदी घाइते भएको बताइएको छ । कैदी भगाउन प्रयोग गरिएको हेलिकप्टर ८५ किलोमिटर टाढा बेवारिसे अवस्थामा भेटिएको थियो । उक्त हेलिकप्टर एक ट्राभल एजेन्सीबाट अपहरण गरिएको बताइएको छ ।
त्यति ठूलो रिस्क मोलेर भागे पनि एक कैदी भने पक्राउ परिसकेका छन् भने पाइलटलाई पनि नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको छ । उक्त इलाका घेराबन्दी गरेर अर्को कैदीको खोजी भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

यांगुन । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा भ्रष्टाचार विरोधी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई अज्ञात ठाउँमा लगिएको छ । उनलाई

एजेन्सी । टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ । सन् २०१९