माग सम्बोधन नभए कर्मचारीले चुनाव विथोल्ने

५ चैत्र २०६९, सोमबार १७:१८ मा प्रकाशित

काठमाडौं, ५ चैत । दलहरुले निर्वाचनका लागि होमिने कुरा गर्न थालेका बेला कर्मचारीहरुले भने निर्वाचन छेक्ने धम्की दिन थालेका छन् । नेपाल निजामती कर्मचारी युनियनले आफ्ना माग पुरा गर्ने गरी सरकारले प्रस्तुत अध्यादेश स्वीकृत नगरे निर्वाचन हुन नदिने चेतावनी दिएको हो ।  राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी कर्मचारी युनियनले राष्ट्रपतिसमक्ष रोकिएर रहेको अध्यादेश तत्काल स्वीकृत नभए अब हुने निर्वाचन बहिस्कार गर्ने चेतावनी दिए ।
उनीहरुले निजामति सेवा ऐन अनुसार दफा २४ घ को १ अनुसार वढुवा भएका  र स्वास्थ्य सेवा ऐन अनुसार स्तर वृद्धि भई पदभार पाएका कर्मचारीहरुको व्यवस्थापन गरी बढुवा प्रणालीलाई व्यवस्थित बनाउनका लागि निजामती सेवा ऐन र स्वास्थ्य सेवा ऐन संसोधनको अध्यादेश राष्ट्रपतिकोमा रोकिएर रहेको भन्दै तत्काल स्वीकृत नगरिए सशक्त आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष सुवोध देवकोटाले  निजामती कर्मचारीहरुको मागलाई सम्बोधन नगरी चुनावको दिवा सपना नदेख्न आग्रह गरे । उनले आफ्ना मागलाई पुरा नगराई जोखिम मोलेर चुनावमा नजान चेतावनी दिए । निजामती कर्मचारीको अध्यादेश पहिले जारी गरेर मात्रै चुनावको तयारी गर्न देवकोटाले सरकारसँग आग्रह गरे । कर्मचारीले चाहे मात्रै चुनाव समयमा हुने भन्दै उहाँले कर्मचारीको माग अविलम्ब पुरा गरे दुई महिनामै निर्वाचन गराउन सकिने विश्वास पनि उनले व्यक्त गरे ।  सरकारले निजामती कर्मचारीको पदमा बृद्धि गरेको र तलब बढुवा अनुसार दिए पनि काम नदिएको कर्मचारीहरुको गुनासो छ । यस्ता कर्मचारी नेपालमा करिव २५ हजारको हाराहारीमा रहेको बताइन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा