एमालेले पनि नियुक्तिमा सरोकार राख्दैन : सचिव पौडेल

५ चैत्र २०६९, सोमबार १७:०३ मा प्रकाशित

काठमाडौं, ५ चैत । प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठनलाई लिएर नेकपा एमालेमा कुनै विवाद र मतभेद नरहेको दाबी गरिएको छ । एमालेका सचिव विष्णु पौडेलले रेग्मीको नेतृत्वमा सरकार गठन भएदेखि नै पार्टीभित्र रहेको छिटफुट विवाद हटेको दाबी गर्दै भने– ‘वरिष्ठ नेता माधव नेपाल, महासचिव ईश्वर पोख्रेल लगायतका नेताहरुले ब्यक्त गरेको असहमति चुनावी सरकार गठन भएसँगै हटेको छ, नेकपा एमालेभित्र निर्वाचनमा जाने विषयमा कुनै विवाद छैन ।’ उनले दलहरुवीच बहालवाला प्रधानन्यायाधिसकै नेतृत्वमा अन्तरिम चुनावी मन्त्री परिषद गठन गर्ने सहमति भएको स्पष्ट पार्दै एमालेको वर्तमान सरकारलाई दृढ समर्थन रहेको बताए ।
नेकपा एमाले विघटित संविधानसभाले गरेको काम समर्थन गर्दै लोकतान्त्रिक संविधान निर्माणको एजेन्डा लिएर निर्वाचनमा पूर्ण रुपमा होमिने बताउँदै उनले एमालेले अहिले निर्वाचनबाहेकका कुनै पनि विषयमा विवाद नगर्ने स्पष्ट पारे ।
पछिल्लो समयमा विवादित देखिएका लोकमान सिंह कार्कीसहितका ब्यक्तीत्वहरुलाई संबैधानिक निकायहरुमा नियूक्तीको विषयमा राखिएको जिज्ञासामा पौडेलले एमाले निर्वाचनमा केन्द्रीत रहेकोले नियूक्तीका कुनै पनि विवादमा नअल्झिने भनी पौडेल चिप्लिए । नेपालमा संविधानसभाको दोस्रो निर्वाचन हुनबाट संसारको कुनै पनि ताकतले रोक्न नसक्ने ठोकुवा गर्दै विरोधमा रहेका दलहरु पनि निर्वाचनमा जाने विश्वास ब्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएकोमा आपत्ति जनाएको छ । सोमबार बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री