छुट्दाछुट्दै गुप्ताले रेग्मीलाई दिए चुनौती

५ चैत्र २०६९, सोमबार १४:१२ मा प्रकाशित

काठमाडौं, ५ फागुन ।  भ्रष्टाचारको आरोपमा १३ महिना जेल बसेर सोमबार छुटेका पूर्व सुचना तथा सन्चार मन्त्री जेपी गुप्ताले आफूमाथि केही न्यायाधीशहरुले पूर्वाग्रही भई भ्रष्टाचारी तुल्याएको दोहोर्याएका छन् । जेलबाट बाहिर निस्कनेवित्तिकै उनले आफू भ्रष्टचारी नभएको दाबी गर्दै मन्त्रिपरिषद्का अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश खिलराज रेग्मीलाई आफ्नो यथार्थ सम्पत्ति विवरण देखाउन चुनौती दिए । प्रधानन्यायाधीश रेग्मीको नाम लिँदा निकै आक्रोशित बनेका गुप्ताले  ‘रेग्मी प्रधानन्यायाधीश रहेको अदालतले जुन मापदण्डका आधारमा मेरो पुख्र्यौली सम्पतिको र सार्वजनिक पदमा रहदाँको मेरो आय र वचतको मूल्यांकन गर्‍यो, शतप्रतिशत सोही आधारमा उनको पाल्पा जिल्ला पोखराथोक, धोवादीस्थित सम्पतिदेखि न्यायाधीशका रूपमा आजसम्म आर्जेको आय र वचतको मूल्यांकन गरी आफुलाई स्वच्छ शिद्ध गरुन्’ भन्नसमेत पछि परेनन् । सार्वजनिक पदमा रहँदा गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोग सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा सरर्वोच्च अदालतका न्यायाधीशद्वय सुशील कार्की र तर्कराज भट्टको इजलासले गुप्तालाई भ्रष्टाचारी ठहर गरेको थियो ।
रिहाइका बेला फुलमाला र अबिरका साथ समर्थकहरुबाट घेरिएका गुप्ताले संघीयता र राज्यपुनर्संरचनाको प्लेकार्ड बोकेर आफू तत्काल मधेस जाने बताए । आफ्नो अगाडिको यात्रा मधेसी जनताको भावनाअनुरुप हुने दाबी गर्न उनी चुकेनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन्द्र शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालय

यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै

काठमाडौं ।स्थानीय तह निर्वाचनको मतगणनाको नजिता आउने क्रम चलिरहेको छ। अहिलेसम्म देशभरका चार सय ४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक