ज्यान लिने धम्की दिँदै घर निकाला

५ चैत्र २०६९, सोमबार १३:२५ मा प्रकाशित

काठमाडौं, ५ फागुन । पर्वत पाखापानी गाविसकी एक महिलालाई परिवारका सदस्यले ज्यान मार्ने धम्कीसहित घर निकाला गरेको राससले जनाएको छ । पाखापानी गाविस– १ की डिलकुमारी क्षेत्रीलाई श्रीमान् शेरबहादुर क्षेत्रीसहित परिवारका अन्य सदस्यले ज्यान मार्ने धम्की दिँदै घर निकाला गरेका हुन् । पति र सासू, जेठाजु, जेठानीलगायतले पटक–पटक धम्की, कुटपिट गर्दै घर निकाला गरेको भन्दै पीडित क्षेत्रीले जिल्ला प्रहरी कार्यालय पर्वतका उजुरी गरेकी छन् ।
उजुरीमा श्रीमान् शेरबहादुर क्षेत्री सासू लक्ष्मीकुमारी क्षेत्री, जेठाजु फणीन्द्र क्षेत्री र जेठानी दिलकुमारी क्षेत्री मिलेर घरमा बसेमा ज्यान लिनेसम्मको धम्की दिँदै गल्हत्याउँदै घरबाट निकालेको उल्लेख गरिएकी छन् । उनको शेरबहादुरसँग २०६६ वैशाखमा मागी विवाह भएको हो । पीडित डिलकुमारीको निवेदन दर्ता गरी दुवै पक्षलाई झिकाई छलफल गराउने तयारी भइरहेको प्रहरीलाई उद्धृत गर्दै राससले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

वाशिङ्गटन डिसी । नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ ।