मलेसियामा आन्दोलित नेपाली पक्राउपछि रिहा

५ चैत्र २०६९, सोमबार ११:५३ मा प्रकाशित

काठमाडौं, ५ चैत । मलेसियाली सरकारले हालै लागू गरेको न्युनतम पारिश्रमिकको माग गर्दै रोजगारदाता कम्पनीविरुद्ध आन्दोलन गर्ने तयारीमा रहेको अभियोगमा पक्राउ परेका झण्डै सय नेपाली कामदार रिहा भएका छन् । मलेसियाली सरकारले हालै लागू गरेको न्युनतम तलब नदिएको विरोधमा अवैधानिक रुपमा कम्पनीमा आन्दोलन गर्ने तयारी गरिरहेको अभियोग उनीहरुमाथि लगाइएको थियो । एजेन्सीहरुका अनुसार मलेसियामा यस बर्ष शुरुदेखि नै न्युनतम तलबको माग गर्दै विभिन्न दर्जनभन्दा बढी कम्पनीमा नेपाली लगायत विदेशी कामदार आन्दोलित भएका छन् । मलेसियाली सरकारले लागू गरेको पछिल्लो न्युनतम पारीश्रमिक र लेबी नतिरेपछि मलेसियामा कामदारका समस्या बल्झिँदै गएको बताइन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

धनुषा । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा