कारवाही हुने भएपछि एक तह ओर्लन तयार

५ चैत्र २०६९, सोमबार ०७:२५ मा प्रकाशित

काठमाडौं, ५ चैत । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेका बेला नेपालमा तेलको हाहाकार सिर्जना भएपछि नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालको क्षमतामाथि प्रश्नचिन्ह खडा भएको छ । तेलको सहज आपूर्ति गर्न नसकेको विषयमा मन्त्रालयलाई कुनै जानकारी नै नदिई पन्छिन लागेपछि आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशी अग्रवालसँग असन्तुष्ट रहँदै आएका छन् । दुईथरी ग्याँस सिलिन्डर लागू गर्ने, उपभोक्ता कार्ड वितरण तथा एलपी ग्याँस सिलिन्डरमा एकैचोटि ५ सय ३० रुपैयाँ वितरण गर्नेजस्ता निर्णय विनातयारी हचुवामा गरेको भन्दै अघिल्लो सरकार पनि अग्रवालसँग तीव्र असन्तुष्ट बनेको थियो ।
डेढ सातादेखि पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न नसकेपछि अग्रवाल सचिवसमक्ष एक महिनाको घरबिदा मागेर आइतबारदेखि घर बसेका छन् । सचिव जोशीले भने १५ दिनका लागि मात्र बिदा स्वीकृत गरेको बुझिएको छ । आफूमाथि कारबाही हुने संकेत पाएपछि अग्रवाल यसरी बिदामा बसेको निगम स्रोतको दाबी छ । मन्त्रालयले पुराना कतिपय मुद्दासमेत उठाएर कारबाही गर्ने सुईंको पाएपछि अग्रवालले कार्यकारी निर्देशकको जिम्मेवारी छाडेर साविकको डिजिएम पदमै फर्किने मनस्थिति बनाएका छन् । निगममा दुई डिजिएम रहने व्यवस्था छ भने अग्रवालमाथि कारबाहीको तयारीमा रहेको मन्त्रालयले अर्का डीजीएम जयराज आचार्यलाई निमित्त कार्यकारी निर्देशक तोकेको छ ।
निकै ठुल्टुला कुरा गर्ने तर बोलेअनुसार आफैले लिएका निर्णय कार्यान्वयन गर्न नसक्ने भनी अग्रवालका बारेमा निगमभित्रै टिकाटिप्पणी हुने गरेको थियो । गत पुसमा पेट्रोलियम व्यवसायीको कमिसन वृद्धि र ढुवानी वृद्धि गर्ने निर्णय गरेपछि अग्रवाल निकै ठूलो विवादमा परेका थिए । त्यस्तो निर्णय गर्दा लाखौंको आर्थिक चलखेल भएको थाहा पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया अघि बढाएको थियो । आफूले गरेका हरेक निर्णय विवादमा पर्न थालेको पनि अग्रवाल जिम्मेवारीबाट पन्छिन चाहेका स्रोतले बतायो । दुईवर्षे कार्यकालमा अग्रवालले गरेका हरेक निर्णयमा अनियमितता पाइए उनीमाथि कारबाही हुने बुझिएको छ । उपभोक्ताको दैनिक जीवनसँग गाँसिएको सामग्रीको आपूर्तिमा खेलबाड गर्ने अग्रवालजस्ता कर्मचारीमाथि उचित कानूनी कारबाही गरिए भावी दिनमा यस्ता अनियमितता र जिम्मेवारी निर्वाहमा हेलचक्र्याइँ गर्ने प्रवृत्तिमा कमी आउनेमा आशावादी बन्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत