सुरक्षाको माग गर्दै स्थानीयबासीद्धारा जोमसोममा प्रर्दशन

५ चैत्र २०६९, सोमबार ०६:४२ मा प्रकाशित

चन्द्रश्वर बस्ताकोटी, मुस्ताङ, ५ चैत्र । जिल्लाका विभिन्न स्थानमा भएका हत्या र रहस्यमय घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गर्दै आईतबार जोमसोममा स्थानियबासीहरुले प्रर्दशन गरेका छन् ।

हत्यामा संलग्नलाई पक्राउ गर्न नसकेको र रहस्यमय मृत्युको घटनाको छानविनमा ढिलाई भएको भन्दै स्थानीयबासीले सुरक्षाको माग गर्दै प्रर्दशन गरेका हुन् । कागबेनी पाङलिङ गाउका पेम्बा बिष्टको रहस्यमय तरिकाले मृत्यु भएको घटनाको अनुसन्धान र दोषीलाई पक्राउ गर्न प्रहरीले गभिर चासो नदिएको स्थानीयबासीको भनाई छ ।

कागबेनी गाविस ६ पाङलीङका ६८ वर्षिय बिष्ट फागुन १९ गते साँझ अज्ञात व्यक्तिहरुको अपहरणमा पर्नुभएको थियो । अपहरणमा परेको एक हप्तापछि उहाँको शव जोमसोम गाविस ५ स्थित कालिगण्डकी किनारमा हत्या गरिएको अवस्थामा भेटिएको थियो ।

बिष्टकोसंगै यसअघिका हत्या घटनामा संलग्नहरुको पहिचान गरि अनुसन्धान तथा कानुनी प्रक्रियालाई अघि बढाउनुपर्ने र शान्ति सुरक्षाको प्रत्याभुती हुनुपर्ने माग सहित मुस्ताङका राजनितिक दल, कागबेनी, छुसाङ, झोङ र मुक्तिनाथ गाविसका बासिन्दाले पुथाङ एयरपोर्ट जोमसोम परिक्रमा गरि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् । जिल्लामा घटेका धेरै घटनाको दोषी पत्ता नलागेको भन्दै एमाले मुस्ताङका अध्यक्ष चन्द्र मोहन गौचनले आक्रोस ब्यक्त गर्नुका साथै जिल्लाको छुसाङ, तेताङ, तिरी कोवाङका घटनाका दोषी समेत पत्ता नलागेकोले ति घटनामा संलग्नहरुलाई समेत कानुनी दायरामा ल्याउनु पर्ने बताउनुभयो ।

प्रर्दशनपछि प्रमुख जिल्ला अधिकारी ईश्वरराज रेग्मीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम चलिरहेको अवस्थामा आक्रोशित स्थानीयबासीले नजिकै रहेको जिल्ला प्रहरी कार्यालयमा ढुङ्गामुढा गरेका थिए । ढुङ्गामुढापछि केही समय जोमसोमको अवस्था तनावग्रस्त बनेको थियो ।

स्थानीयबासीले बिष्टको अपहरणपछि हत्या भएको दावी गरेपनि जिल्ला प्रहरी कार्यालय मुस्ताङले उनको हत्या अथवा अन्य कारणले मृत्यु भएको हो भन्ने विषयमा अझसम्म आधिकारीक रुपमा पुष्टि गरेको छैन् । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले अनुसन्धान कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको बताउनुभयो ।

प्रहरीले मृतकका दाजु आङग्याल बिष्टको उजुरीको आधारमा छिमी विष्ट र लोप्साङ गुरुङलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा राखेको छ । पेम्वाले श्रीमति क्यान्सरका कारण मृत्यु भएपछि साली, बुहारी समेत रहेकी आरोपी छिमी विष्टलाई घरमै राख्ने गरेका थिए ।

छिमी छोराहरुसंगै काठमाडौं रहेको र मुस्ताङ आउँदै गर्दा जोमसोममा दुई हप्ता अगाडी प्रहरीले नियन्त्रणमा लिएको थियो । सोहि दिन लोप्साङलाई समेत उनकै घरवाट प्रहरी नियन्त्रणमा लिई अनुसन्धान थालिएको थियो । प्रहरी निरीक्षक राजेन्द्र पोख्रेलका अनुसार मृतकको पोष्टमार्टम गरि शरिरका केहि भाग परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

दुवै आरोपिहरुको मोबाइल जफत गरि अनुसन्धानको प्रक्रियामा रहेको र स्थानीयको सहयोग भए छिट्टै सबुत प्रमाण सहित हत्यारा पत्ता लाग्ने पोख्रेलले बताउनुभयो । घटनामा धेरै जनाको संलग्नता रहेकाले सबैलाई पहिचान गर्न स्थानीयबासीको सहयोगको अपेक्षा गरेको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो ।

कागवेनी ५ पाङलिङबाटै अपरिचत २ व्यक्तिले खाना खाने ठाउँ देखाई दिनुहोस भनी बिष्टलाई लगेको उनकै घरमा काम गर्ने सुस्त मनस्थिति भएकी महिलाले बताएकी छिन् । शबलाई जोर्नी जोर्नीबाट टुक्राटुक्रा बनाएर फालीएको तथा चोट धेरै भएकाले बिष्टको सामुहीक हत्या भएको स्थानीयबासीको दावी छ । मृतकको टाउको, पैताला, घुडा, पेट, छुट्टाछुट्टै भेटियको थियो ।

प्रहरी प्रशासनको फितलो अनुसन्धानका कारण यसअघि भएका हत्याका घटनाका आरोपी समेत पक्राउ हुन नसक्दा असुरक्षाको जोखिम बढेको कागबेनीमा रिनजिन नामग्याल गुरुङले बताउनुभयो । उहाले स्थानिय मुखीया प्रथाका कारण कतिपय अवश्थामा प्रहरी समक्ष केस नआउने गरेको र आएपनि अनुसन्धानमा समस्या पारीने गरेका कारणले सबै मुस्ताङीहरुले जो कोहि अपराधि नछुटुन निर्दोस ब्यक्ति सजाएको भागीदार हुन नपरोस भन्दै प्रहरी प्रसासनलाई सहयोग गर्नु पर्ने टेलिफोन सम्पर्कमा बताउनु भयो ।

२०६६ सालमा छुसाङ गाविस तेताङका किक्याप गुरुङ र टसी वाङदी गुरुङको रहस्यमय ढगले छुसाङकै लेकमा हत्या भएपनि हालसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । २०६८ सालमा छुसाङकै साङगा लामाको रहस्यमय ढंगबाट मृत्यु भएपनि उक्त घट्ना प्रहरी समक्ष आएको थिएन ।

गत बर्ष कोबाङ गाविसको न्याउरीकोटमा एक स्थानीय बासिन्दाको रहस्यमय ढंगबाट मृत्यु भएपनि हालसम्म दोषी पत्ता लागेको छैन । कागवेनी गाविसको तिरीमा केहि महिना अगाडि डोल्पाका स्थानीय बासीन्दा र मजदुर वीच आपसी झगडा र कुटपिट हुँदा उपचारकै क्रममा डोल्पाका ढिण्डुक गुरुङको मृत्यु भएको थियो । तर उक्त घटना समेत प्रहरी समक्ष नआएको रिनझिनले बताउनु भयो । तर उक्त घट्ना समेत प्रहरी समक्ष नआएको स्थानीयबासी बताउछन् । यस्ता घट्नाका दोषीहरु कारावाहीको भागिदार नभएका कारण दिनप्रतिदिन असुरक्षाको जोखिम बढ्दै गएकाले दोषीहरुलाई कारर्वाही गर्नुपर्ने कागबेनीका पेमा छिरीङ गुरुङले बताउनुभयो । पेमाले भन्नु भयो “हामीले प्रहरीलाई सहयोग गरेमात्र दोषी पत्तालाग्न सहयोग पुग्ने भएकाले हामीले समेत प्रहरीलाई आवश्यक सुचना दिनु पदर्छ ।”

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने