अवैध भारतीय रुपैयाँ कारोबार गर्ने दुई व्यक्ति पक्राउ

४ चैत्र २०६९, आईतवार २२:०५ मा प्रकाशित

काठमाडौं, ४ चैत । पर्सा जिल्लाको सिर्सिया–९ स्थित छोटी भन्सार ईलाकाबाट आइतबार सशस्त्र प्रहरीले दुई लाख १८ हजार पाँच सय अवैध भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । वीरगंज–१४ निवासी प्रदीप बर्णवाल र सोही ठाउँका रवि बर्णावाल पक्राउ परेका हुन् । उनीहरुलाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट अलौबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले उल्लेखित परिमाणको भारतीय रुपैयाँसहित पक्राउ गरेको हो । सो स्थानमा जाँच गर्ने क्रममा ना.२३ प २७६६ नम्बरको मोटरसाइकलमा सवार निजहरुको साथमा एक हजार र पाँच सय दरको शंकास्पद भारतीय रुपैयाँ फेला परेपछि उक्त रकमसहित उनीहरुलाई पक्राउ गरिएको एपीएफले जनाएको छ ।
यस्तै, मोरङ जिल्लाको पत्थरीस्थित भुटानी शरणार्थी शिविर परिसरमा रहेको घरेलु गोदाममा शनिबार राति भएको आगलागीबाट उक्त गोदाममा रहेको लत्ताकपडा, मेसिन, फर्निचर लगायतका सामाग्री एवं भौतिक संरचनामा क्षति पुग्नुको साथै करीब ५० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ । बिजुलीको तार सर्ट भई राति १२ बजे भएको उक्त आगलागी नियन्त्रणमा एपीएफ टोलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड