समर्थन फिर्ता लिन माओवादीको आग्रह, प्रचण्ड-बाबुरामको हिसाब लिइने चेतावनी

४ चैत्र २०६९, आईतवार २१:४४ मा प्रकाशित

काठमाडौं, ४ चैत । प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्षमा नियुक्ति दिइएकोप्रति मित्रराष्ट्रका राजदूतावासबाट दिइएको समर्थन फिर्ता लिन नेकपा–माओवादीले आग्रह गरेको छ । सो पार्टीका विदेश विभाग प्रमुख सिपी गजुरेलले एक विज्ञप्ति जारी गर्दै नयाँ सरकार गठन प्रक्रियाका क्रममा चार दलबीच भएको २५ बुँदे र ११ बुँदे सहमति राजनीतिक नभएको जनाएका छन् । उक्त सहमति एमाओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चाका केही प्रमुख नेताको मात्र भएकोले ती दलका नेताबाहेक अन्य दलको यसप्रति गम्भीर विरोध रहेको विज्ञप्तिमा जनाइएको छ । चार दलका नेताले बाधा अडकाउ फुकाउने नाममा अन्तरिम संविधानका २४ वटा धारालाई अनधिकृत रुपमा संशोधन गरी ती धारालाई खारेज गर्नु असंवैधानिक हो भन्दै मित्रराष्ट्रका सरकार र प्रतिनिधिबाट व्यक्त  समर्थनमाथि पुनःविचार गर्न अपिल गरिएको छ ।
यसैबीच नेकपा–माओवादी सचिव नेत्रविक्रम चन्दले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईले गरिब जनताको नाममा करोडौंको सम्पति जोडेको आरोप लगाएका छन् । गरिबलाई सपना बाँडेर आफूहरु आलिशान भवनमा बसेको उल्लेख गर्दै प्रचण्ड र बाबुरामलाई जनताले त्यसै नछोड्ने बरु एक एक हिसावकिताव लिइने विप्लवले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनकुटामा ‘क्लिन स्वीप’ गरेको थियो । तीन नगरपालिकासहित ७ पालिका रहेको धनकुटामा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न

रुपन्देही । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । यसै क्रममा लुम्बिनीका १०९ मध्ये ८१ स्थानीय तहको नतिजा

ललितपुर । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।