रेग्मीसँग बारको ‘वार’ पर्ने सम्भावना बढ्दै

४ चैत्र २०६९, आईतवार १७:२६ मा प्रकाशित

काठमाडौं, ४ चैत । वहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने प्रस्ताव आएदेखि नै तीव्र बिरोध जनाउँदै आएको नेपाल बारले खिलराज रेग्मीले राजीनिामा दिनुपर्ने धारणा पुनः अघिसारेको छ । प्रधानन्यायाधीशले न्यायक्षेत्रकै बदनाम गराएको र संविधान र लोकतान्त्रिक मूल्यमान्यताकै खिल्ली उडाएको भन्दै बारका अध्यक्ष हरिकृष्ण कार्कीले रेग्मीले प्रधानन्याधिस पदबाट राजिनामा नदिएसम्म नेपाल बार एशोसियशनले आन्दोलन जारी राख्ने जनाएका छन् । आइतबार भक्तपुरमा आयोजित एक अन्तरक्रिर्यात्मक कार्यक्रममा उनले बारको सो धारणा सार्वजनिक गरेका हुन् ।
विचारले एमालेनिकट रहेका बारअध्यक्ष कार्कीले आफूहरुमाथि निर्वाचन बिथोल्न लागिपरेको आरोप लाग्न थालेको स्वीकार गर्दै तर यो मिथ्या आरोप भएको प्रस्ट्याए । बारको आन्दोलन चुनाव बिथोल्ने नभई न्यायलयलाई स्वतन्त्र राख्नका लागि भएको उनको कथन थियो ।
प्रधानन्याधिसले राजीनामा नदिएसम्म निर्वाचन हुनै नसक्ने ठोकुवा गर्दै कार्कीले चार दलले चाहेर मात्र चुनाव नहुने दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरीका पूर्व डीआईजीको सजाय घटाउने गरी निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले गरेको फैसला

काठमाडौं । सर्वोच्च अदालतले बारामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारका अहिलेसम्मका सबै काम कारबाही तथा निणर्यहरु बदर गरिदिएको छ ।

काठमाडौं । स्थानीय निर्वाचनमा सोचेअनुरुपको जीत हासिल गर्न नसकेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सन्निपातको विरामीझै बरबराउन थालेका छन्

काठमाडौं । फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको ३० वर्ष मुनिका ३० जना प्रभावशाली एसियान युवाको सूचीमा ५ जना नेपाली परेका छन्