प्रेम सागर तर्न देउ मलाई…! – पुरुषोत्तम ढकाल

२० चैत्र २०६८, सोमबार ००:०० मा प्रकाशित

निर्धक्क लडू भन्छ्यौ
लड्नलाई किन सोध्ने
चुर्लुम्मै डुबु भन्छ्यौ
डुब्नलाई किन सोध्ने
भन्छ्यौ मुर्छित निदाउ
निदाउन कसले रोक्ने
सागरबाट समुन्द्र पस्न, भन तिमीलाई कसले छेक्ने
मोक्ष मार्ग लाग्न तिमीलाई, कसले किन बाटो रोक्ने
रित्तो रित्तो छु भन्छ्यौ
भर्न दिन्नौ त्यो मनलाई
विलयको त्यो यात्रामा, खोज्ने कसले तिमीलाई
हराउदै प्रेम पथमा, सोध्ने कसले तिमीलाई
सुन्य सुन्य छु भन्छ्यौ
कसले छेक्ने, कसले रोक्ने, सुन्यतामा रमाउनलाई
मन र मन मिल्यो भने, बन्छ एउटा प्रेमसागर
प्रेम गर म भन्दिन, जीवन हेर भवसागर
अँध्यारोत आँशु आँशु, नियालन चन्द्रमा
त्यहि अँध्यारोमा चम्केकीछिन चाँदनी
ज्योति हराउदैन, खोज आफै भित्र, प्रेम पथमा माधवी
डुब तिमि सागरमा, निदाउ तिमि निर्धक्क, हराउन विलयमा
नडराउन प्रिय तिमि, नडराई लम्क तिमि, प्रेम पथमा
इश्वर तिम्रा संधै दाहिना, के लाग्छर दुनियाको, प्रेम तिम्रो साथमा ।।

तेरो भन्छ्यौ, मेरो भन्छ्यौ, के थियोर लानलाई
कसले छेक्ने, कसले रोक्ने, प्रेम पथमा जानलाई
डुब्न सक्छ, डुब्न देउ, न छेकिदेउ प्रेमीलाई ।।

हरि नाम भज तिमीले, जगत सबै मुस्कुराउन
तिम्रो प्रेममा गल्न देउ, नरोकन प्रिय मलाई
साँचै रित्तो, त्यो मनमा, भर्न देउ मलाई
प्रेम रुपी मोक्ष मार्ग, त्यो मार्गको अग्नि भित्र, होमिन देउ मलाई ।।

लड्न छेक्ने प्रभू होइनन
डुब्न रोक्ने हरि होइनन
प्रेम बिना जगत छैन
यो जीवनमा प्रेम रुपी नाउँबाट तर्न देउ मलाई
घाम – छायाँ यस्तै जीवन, प्रेमरुपी शितल पानी, छर्न देउ मलाई
बिलयमा डुब्दै डुब्दै जीवन मोक्ष मर्न देउ मलाई ।।।।

मनको कुरा : त्यो मार्ग जहाँ प्रेम मात्रै होस्, निर्धक्क निदाउन सकियोस तेही मार्गको खोजीमा मन र मष्तीश्क सल्बलाई रहेछ ..तेही अभिव्यक्ति हो यो गजल…..!!!

विनित
पुरुषोत्तम ढकाल
ह्यारिस्बर्ग, पेंसल्वानिया, संयुक्तराज्य अमेरिका
१९ फेव्रुवरी, २०१२
[email protected]

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो