लोकमानलाई प्रचण्ड र गच्छेदारले काखी च्यापेपछि…

४ चैत्र २०६९, आईतवार १६:४३ मा प्रकाशित

काठमाडौं, ४ चैत । गत शुक्रबारदेखि नै राजधानीका सचेत तप्काबीच चर्चा चलेको थियो- ‘शाहीशासन कालका एक विश्वास पात्र लोकमानसिंह कार्कीसँग प्रचण्डको विशेष उठवस छ, कार्कीलाई प्रचण्डले अख्तियार प्रमुखका रुपमा प्रस्ताव गर्ने भएका छन् ।’ धेरैले यो कुरा पत्याएनन् । कतिपयले प्रचण्डको बदनाम गर्नका लागि चलाइएको हौवा भने त कसैले कुरा साँचो भए पनि यसरी हल्ला चलेपछि प्रचण्ड व्याक हुनेछन् भन्ने प्रतिक्रिया दिए । तर, न त उक्त हल्ला झुठो ठहरियो न प्रचण्ड प्रस्तावबाट व्याक नै भए । आइतबार उच्चस्तरीय राजनीतिक समितिको बैठकमा उनले शाही शासनकालीन मुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अध्यक्ष बनाउन प्रस्ताव गरेर सबैलाई आश्चर्यचकित र स्तव्ध तुल्याइदिए । उक्त प्रस्तावको कांग्रेस र एमालेका प्रतिनिधिले चर्को बिरोध जनाएका थिए भने बैठकमा सहभागी कतिपय नेताले प्रचण्डको पतनका लागि यस्तै प्रस्ताव अझै अरु पनि आउनुपर्ने अनौपचारिक प्रतिक्रिया दिएका छन् ।
दरबारको हुकुम प्रमाङ्गीबाट कर्मचारीतन्त्रमा प्रवेश गरेको आरोपमा जनआन्दोलनपछि बनेको सरकारले मुख्यसचिवबाट हटाएको कार्कीलाई प्रचण्डले काखी च्याप्नु शंकास्पद भन्दै प्रस्तावको बिरोध भएपछि अन्य संवैधानिक अंगमा पदपूर्ति गर्नेसम्बन्धी आइतबारको छलफल नै भाँडिन पुगेको छ । प्रचण्डको प्रस्तावमा मधेसी नेता बिजय गच्छदारले पनि समर्थन गरेका थिए तर योग्यता र क्षमताको कुरा चलिरहेको बेला हुकुम प्रमाङ्गी र दरबारको आडमा जागिर खाएका कार्कीलाई किन काखी च्यापियो भनी चर्को बिरोध भएपछि उनीहरु हच्किएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर