गृहमन्त्रीलाई मिल्यो कोइरालाको ढाडस

४ चैत्र २०६९, आईतवार १५:३४ मा प्रकाशित

काठमाडौं, ४ चैत । गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग भेट गरी चुनावी वतावरण निर्माणमा सहयोग गर्न आग्रह गरेका छन् । महाराजगञ्जस्थित कोइराला निवास गई मन्त्री घिमिरेले सहयोगको आग्रह गरेका हुन् ।
भेटका अवसरमा उनले आफू दलहरुले सुम्पिएको जिम्मेवारी पूरा गर्न प्रतिवद्ध रहेको अवगत गराउँदै यसका लागि राजनीतिक दलहरुबाट हुनपर्ने सहयोग जुटाइदिन पहलका लागि कोइरालासँग आग्रह गरेको स्रोतले जनाएको छ ।
सभापति कोइरालाले यतिबेला देश र जनता निर्वाचनको तीव्र प्रतीक्षामा रहेको उल्लेख गर्दै मुलुकको यो अभीष्ट बुझेर सरकारले काम गर्नुपर्ने सुझाव दिएका बुझिएको छ । अहिलेको एक मात्र कार्यसुची नै स्वतन्त्र, भयरहित, निष्पक्ष निर्वाचन सम्पन्न गराउनु रहेकोमा जोड दिँदै त्यसमै सरकारले ध्यान केन्द्रित गर्नुपर्ने कोइरालाले आग्रह गरेका र गृहमन्त्रीले सहमति जनाएका थिए । नेपाली कांग्रेसले सरकारलाई पूर्ण सहयोग गर्ने र सरकारले पनि आफ्नो कर्तव्य र दायित्व निर्वाहमा अविचलित तथा इमानका साथ प्रस्तुत हुनुपर्ने कोइरालाको सुझाव थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत