चुनावी माहोल कांग्रेसको पक्षमा रहेको महामन्त्री सिंहको दाबी

४ चैत्र २०६९, आईतवार १५:२० मा प्रकाशित

रासस, चितवन, ४ चैत । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले अब दोस्रो संविधानसभाको निर्वाचनमा देश होमिएको बताएका छन् । पूर्वी चितवनमा आइतबार कांग्रेस कार्यकर्तासँगको भेटघाटका क्रममा उनले अहिले चुनावी माहोल कांग्रेसको पक्षमा देखिएकाले चुनावतर्फ अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिए ।
एमाओवादीबाट जनता विक्षिप्त भइसकेकाले कांग्रेसको विजय निश्चित रहेको दावी गर्दै महामन्त्री सिंहले पार्टीले प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाएकोमा विरोध नगरी यो बाध्यताको उपज भएको बुझ्नसमेत आग्रह गरे । कार्यकर्ताले सोधेको एक जिज्ञासामा महामन्त्री सिंहले अब संविधानसभाको निर्वाचन तोकिएकै समयमा हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन्द्र शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालय

यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै

काठमाडौं ।स्थानीय तह निर्वाचनको मतगणनाको नजिता आउने क्रम चलिरहेको छ। अहिलेसम्म देशभरका चार सय ४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक