गर्भनरसँग खानेपानीको माग !

४ चैत्र २०६९, आईतवार ०९:११ मा प्रकाशित

गुल्मी, ४ चैत । वर्तमान अवस्थामा वैंकिङ्ग संस्थाहरु धेरै र कारोवार सानो हुँदा लागत बढ्ने भएकोले जनातालाई सर्वसुलभ रुपमा पुँजि उपलव्ध गराउन नसक्ने अवस्था सिर्जना भएको नेपाल राष्ट्र बैंकका गर्भनर डा. युवराज खतिवडाले जनाएका छन् । यस्तो अवस्थाको अन्त्य गरी जनातालाई बढी सेवा दिनका लागि राष्ट्र बैंकले मर्जर नीति अघिसारेको उनले बताए ।
साइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको एकिकृत कारोवारको समुद्घाटनका लागि गुल्मी आइपुगेका गभर्नर खतिवडाले वलेटक्सारमा स्थानीयहरुसँगको भेटघाटमा उक्त जानकारी दिएका हुन् । उनले वित्तीय प्रणालीभित्र अपराधिक क्रियाकलापहरु अगाडि नबढोस् भनेर शुसानका कुरालाई अघि सारेको उल्लेख गर्दै कृषिमा क्षेत्र लागानि गर्नुपर्नेमा जोड दिए । अरु क्षेत्रमाभन्दा व्यवसायीक कृषि क्षेत्रमा कम व्याजदरमा लागानि गर्न उनले वैंकहरुलाई सुझाव दिए ।
गभर्नरका रुपमा पहिलोपटक गुल्मी आइपुगेका खतिवडालाई स्थानीयवासीले भव्य रुपमा स्वागत गर्दै ग्रामिण क्षेत्रको विकास निर्माणमा सहयोग गर्न आग्रह गरेका थिए । गुल्मीको वलेटक्सारमा पानीको अभाव भएको भन्दै त्यहाँका स्थानीय महिलाहरुले खानेपानीको लागि सहयोग गरिदिन पनि गभर्नर खतिवडासँग माग राखेका थिए ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्षको नेतृत्वमा संघका एक प्रतिनिधि मण्डल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव, मणिराम गेलालले निर्माणाधिन लाप्राक

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति