चैतभित्रै ‘राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी’!

४ चैत्र २०६९, आईतवार ०८:२२ मा प्रकाशित

काठमाडौं, ४ चैत । वर्षौंदेखि पार्टी एकीकरणको प्रयासमा रहे पनि विभिन्न कारण दर्शाउँदै एक हुन नसकेका राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीबीच यही चैत महिनाभित्र एकीकरण हुने भएको छ । दुई पार्टीनेतृत्वको सहमतिमा आगामी २३ देखि २६ गतेसम्म राजधानीमा एकता महाधिवेशन हुने तिथिसमेत निर्धारण भएको राजपा उपाध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जानकारी दिए ।
एकीकरण भएपछि पार्टीको नाम राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी रहने र चुनाव चिन्हचाहिँ राप्रपाको हलो नै कायम गर्ने सहमति भएको बताइएको छ । मुलुकभरका जिल्ला समितिमा यसअघि नै एकीकरण प्रक्रिया सम्पन्न भइसकेको डा. लोहनीले जनाए ।
मुलुकको बदलिँदो राजनीस्तिक परिवेशमा दुई पार्टीबीचको एकीकरणपछि निर्माण हुने नयाँ पार्टी सशक्त नयाँ शक्तिको रुपमा उदाउने दाबी गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने