‘अब दलहरुले नचाहे मात्र चुनाव हुँदैन’

४ चैत्र २०६९, आईतवार ०८:०५ मा प्रकाशित

काठमाडौं, ४ मंसिर । चुनावी सरकारका मन्त्रीहरुले असार पहिलो साताभित्रै निर्वाचन गरेर देखाउने दाबी गरिरहेको अवस्थामा निर्वाचन आयोगका पूर्वआयुक्तद्वय सूर्यप्रसाद श्रेष्ठ र प्रोफेसर वीरेन्द्र मिश्रले दलहरुकै सहमतिमा सरकार गठन भएकोले असारमा निर्वाचन गर्न सम्भव रहेको जनाएका छन् । दलहरुले अन्तरहृदयदेखि निर्वाचन चाहेका छन् भने असारसम्ममा हुन नसक्ने कुनै कारण नरहेको उनीहरुको ठहर छ ।
तत्कालै निर्वाचन आयोगमा पदाधिकारी नियूक्ती गर्नुपर्ने र बिरोधमा रहेका दलहरुलाई विश्वासमा लिने वातावरण प्रमुख राजनीतिक दलहरुले गर्नुपर्ने उनीहरुको सुझाव छ । निर्वाचनमा सरकारको भूमिका सुरक्षाको मात्रै हुने भएकोले निर्वाचन गर्ने प्रमुख निकाय निर्वाचन आयोगलाई पूर्ण अधिकार दिनु पर्नेमा पूर्व आयुक्तहरुले जोड दिए । चुनावी सरकारका अध्यक्ष खिलराज रेग्मीले सर्वोच्च अदालत छाडिदिए पूर्ण रुपमा निर्वाचनको माहोल बन्ने धारणा पनि उनीहरुले राखे ।
आफूहरुले माओवादी द्धन्दकालको कठिन अवस्थामा समेत निर्वाचन गराएको स्मरण गर्दै अहिले मुलुकमा द्धन्द नभएको र दलहरु निर्वाचनको पक्षमा रहेको बेला निर्वाचन नहुनका लागि त ठूलै घटना वा विशेष कारकतत्व नै सक्रिय हुनुपर्ने तर्क गर्दै निर्वाचन आयोग वा अन्य कुनै प्राविधिक कारणले चुनाव नहुने अवस्था नरहेको दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री

सिजन मिडियाद्वारा आयोजना गरेको ‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की विजेता ललितपुरकी रश्मि शाक्य हुनुभएको छ