युद्धस्तरमा लागे असारमै चुनाव सम्भव : पूर्वनिर्वाचन आयुक्त

३ चैत्र २०६९, शनिबार २३:०० मा प्रकाशित

काठमाडौं, ३ चैत । राजनीतिक दलहरुले आगामी असार पहिलो साताभित्रै निर्वाचन गर्ने भनी गरेको सहमतिमाथि चौतर्फी आशंका व्यक्त भइरहेको बेला निवर्तमान निर्वाचन आयूक्त अयोधिप्रसाद यादवले सो समयभित्रै निर्वाचन सम्भव रहेको बताएका छन् । यसअघि सरकारले घोषणा गरेको मंसिर र बैशाखको निर्वाचनको लागि निर्वाचन आयोगले विभिन्न तयारी गरेको र त्यो प्रक्रिया जारी रहेकोले असार पहिलो साताभित्र निर्वाचन सम्भव रहेको उनको भनाई छ ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच यादवले भने– ‘निर्वाचन आयोग तयार नै छ, हामीले गत मंसिरमै निर्वाचन हुन्छ भनेर तयारी गरेका थियौँ, त्यो मितिमा हुन सकेन । त्यसपछि सरकारले बैशाखमा भन्यो, त्यसको लागि पनि हामिले तयारी जारी राखेका थियौँ । त्यसैले असार पहिलो साता गर्न चाहे निर्वाचन गर्न सकिन्छ, तर त्यसका लागि दश–पाँच नभनी युद्धस्तरमा काम गर्नु आवश्यक छ ।’
यादवले तत्काल निर्वाचन आयोगमा प्रमुख आयूक्त र आयूक्तहरु नियूक्त गर्नुपर्नेमा जोड दिदै त्यसपछि मतदाता नामावली संकलन, मतपत्र छपाई, अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई निम्तो गर्ने कामलाई अगाडि बढाउनु पर्ने बताए । छुटेका मतदाताहरुलाई सूचिमा समावेश गर्न सकिने भन्दै निर्वाचनको लागि मतदान केन्द्र बढाउनु पर्ने उनको भनाई थियो ।
यादवले विदेशमा रहेका नेपालीहरुलाई यस वर्षकै निर्वाचनमा मताधिकार दिन सक्ने अवस्था नभए पनि उनीहरुलई मताधिकार दिने विषयमा आयोगले अध्ययन गरिसकेको तर पदाधिकारी नहुँदा ठोस काम अघि बढ्न नसकेको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

वाशिङ्गटन डिसी । नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ ।