प्रधानन्यायाधीशबाट तत्काल राजीनामा गर्न रेग्मीलाई शेखरको सुझाव

३ चैत्र २०६९, शनिबार २२:५१ मा प्रकाशित

काठमाडौं, ३ चैत । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले चुनावी सरकारको अध्यक्षता गरिरहेका खिलराज रेग्मीले तत्काल प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । नेपाल वित्तीय कर्मचारी सङ्घको सातौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले अहिलेसम्म जनताले गरेका विभिन्न आन्दोलनका माध्यमबाट प्राप्त भएका राजनीतिक उपलब्धिलाई जोगाउन शक्ति सन्तुलनको सिद्धान्त आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि रेग्मीले प्रधानन्यायाधीशको ओहदा त्याग्नु पर्ने तर्क गरे ।
नेता कोइरालाले पछिल्ला दिनमा मुलुकमा वैदेशिक हस्तक्षेप अत्यन्तै बढेको भन्दै चिन्ता व्यक्त गरे । राष्ट्रिय राजनीतिमा वैदेशिक हस्तक्षेप हावी हुँदा राष्ट्रियता कमजोर भइरहेको उनको ठहर थियो । पछिल्लो समयमा भएका विभिन्न गतिविधि तथा राजनीतिक दृश्यले नेपालको राष्ट्रियता कमजोर भर्इ लोकतन्त्रको भविष्य अनिश्चित देखिएको धारणा स्पष्ट राखेका कोइरालाले  राष्ट्रवादीहरुको एकताले मात्र राष्ट्रियतालाई बलियो बनाउन सक्ने र त्यसले लोकतन्त्रलाई सुदृढीकरण गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च

काठमाडौं । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि

काठमाडौं । राउत क्षत्री सेवा समाज नेपालको १३औं बार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले इञ्जिनियर भगवानबहादुर राउतलाई पुनः अध्यक्षमा चयन गरेको