प्रहरीको वर्दी च्यातियो, भाञ्जाबाट माइजु लुटिइन्

३ चैत्र २०६९, शनिबार २२:३३ मा प्रकाशित

काठमाडौं, ३ चैत । ड्युटीमा रहेका प्रहरीलाई हातपात गरी उनीहरुको वर्दीसमेत च्यातिदिएको भन्दै प्रहरीले कालमदिन खाँ र निजामुद्दिन खाँ नामका दुई युवालाई पक्राउ गरेको छ । घटना बाँकेको हो । भे. १ त ३६७८ नम्वरको ट्रयाक्टरका मालिक पुरैना–७ बस्ने २७ बर्षीय कालमदिन र सोही ठाँउ बस्ने २८ बर्षीय निजामुदिनले ट्रयाक्टरमा लोड भएको सामान चेकजाँच गर्न खोज्दा एक्कासी प्रहरीमाथि आक्रमण गरेको प्रहरीको भनाई छ । ड्युटीमा खटिएका प्रहरी जवान निमबहादुर बुढा र ईश्वरी बुढाथोकीमाथि हातपात भएको हो । अभियुक्तहरुमाथि कानूनी कारवाही अघि बढाइएको छ ।
यसैबीच विराटनगर उपमहानगरपालिका–४ बस्ने गंगामाया खनाल आफ्नै भाञ्जाबाट लुटिएकी छिन् । आफ्नो घरमा एक्लै बसिरहेको अवस्थामा आफ्ना तीनजना साथीहरुसमेत ल्याएर उनका भाञ्जाले सुनका गहना, नगदलगायतका सामानहरु लुटेर फरार भएको उजुरी उनले प्रहरीमा दिएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी