हातहरू -अनिल पौडेल

१९ चैत्र २०६८, आईतवार २३:४८ मा प्रकाशित

मुठ्ठी खोलेर हत्केलामा
हिमाल उभ्यउन तयार छु
मुठ्ठी कसेर हत्केलामा
बुद्ध जन्माउन तयार छु
निर्माणको अजेय स्रोत
मेरा हातलाई उपेक्षा नगर
औँलाले
माटामा
अन्न फलाइरहेको छु
पाखुरीले
पहाडमा
गुराँस फुलाइरहेको छु
हातहरू छन् र म छु
त्यसैले
रात पोखिएको बस्तीमा
हातले चिराक जलाइरहेको छु
पहाडमा
बाटो बनाइरहेको छु
मधेसमा
माटो सम्याइरहेको छु ।

आमा भन्नुहुन्थ्यो—
पहिलोपल्ट
मेरो गालामा उहाँले
हत्केलाले स्पर्श गनुभयो रे
र औँलाले स्तन समातेर
मेरो मुखमा लगाइदिनुभयो रे ।

म खुट्टाले
सगरमाथा चढ्न सक्छु
हात भएन भने
झन्डा गाड्न सक्तिनँ
जिब्राले
गीता पढ्न सक्छु
हात भएन भने
पाना पल्टाउन सक्तिनँ
हात भएन भने
सारङ्गीको तारसँगै
श्रमको गीत गाउन सक्तिनँ
भालेको डाकपछि
हरेक बिहान
हलो कोदालोसँग प्रीत लाउन सक्तिनँ ।

पौरखका प्रतिमूर्ति
मेरा बलिष्ठ हातहरू
आहा !
यिनको अनुपस्थितिमा
भोलिको अनुहारमा
सपना भर्न सक्तिनँ
उज्यलो जिन्दगीको
कल्पना गर्न सक्तिनँ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको