प्रमुख दलहरुको उच्चस्तरीय संयन्त्र निर्माण

३ चैत्र २०६९, शनिबार २१:३१ मा प्रकाशित

काठमाडौं, ३ चैत । प्रमुख चार दलको शनिबार बसेको बैठकले सरकार सञ्चालनका लागि सहयोग गर्न भन्दै एक राजनीतिक समिति गठन गरेको छ । सो समितिमा चार दलका शीर्ष नेताहरु पालैपालो अध्यक्ष रहने व्यवस्था मिलाइएको छ । प्रत्येक दलका शीर्ष नेता र अन्य एक(एक जना प्रतिनिधि रहने ८ सदस्यीय उक्त उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व महिनैपिच्छे क्रमशः एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाले पालैपालो गर्नेछन् । सुरुको अध्यक्षता एमाओवादीका अध्यक्ष प्रचण्डले गर्नेछन् ।
सो समितिको पहिलो बैठकले संवैधानिक निकायहरुमा रिक्त पदहरु पूर्ति गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । भोली आइतबार सरकारको अध्यक्षता गरिरहेका खिलराज रेग्मीलाई दलका नेताहरुले भेटेर सोसम्बन्धी सिफारिस र छलफल गर्ने बताइएको छ । यसरी उच्चस्तरीय राजनीतिक समिति गठनलाई चुनावी सरकारको नेतृत्व गरिरहेको रेग्मीले कुन रुपमा लिएका छन् भन्ने जिज्ञासाको जवाफ भने सार्वजनिक भइसकेको छैन । सरकार निर्माणअघि रेग्मीले यस्तो संयन्त्र आफूलाई मान्य नहुने संकेत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

धनुषा । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा