डनको सम्पत्तिमा सरकारले सरोकार देखाएपछि गच्छेदार निराश

३ चैत्र २०६९, शनिबार ०७:५६ मा प्रकाशित

काठमाडौं, ३ चैत । काठमाडौं, ३ चैत । गत मंगलबार राती प्रधानन्यायाधीशको नेतृत्वमा नयाँ सरकार गठन भई दलका शीर्षनेताहरुबीच सामूहिक तस्बिर खिचाउँदा मधेसी मोर्चाका अध्यक्ष रहेका तत्कालीन गृहमन्त्री बिजय गच्छदारबाहेक अन्य सबै नेताहरुको अनुहारमा मुस्कान छाएको थियो । सबै नेताले बिजयभावमा एकतावद्ध हात माथि उठाए पनि गच्छदार भने हात मोल्दै अत्यन्तै निरास र अँध्यारो अनुहार लगाएर छेउमा उभिएका थिए । सत्तामा रहेर मस्ती गरिरहेको व्यक्तिलाई सत्ता छोड्ने बेला नरमाइलो लाग्नु त स्वाभाविक नै हुन्छ । तर, गच्छेदारले त्यसरी अस्वाभाविक रुपमा अँध्यारिनु पर्ने अवस्था किन आइपरेको रहेछ भन्ने कुराको रहश्य अब आएर खुल्न थालेको छ । वास्तवमा आफू शक्तिमा नरहने अवस्थामा आफूद्वारा संरक्षित चर्चित डन गणेश लामामाथि छानबिन र कारबाही हुने भएकोले उनी त्यसरी निराश बन्न पुगेका रहेछन् ।
सरकार परिवर्तन भई बिजय गच्छदारको स्थानमा माधव घिमिरे गृहमन्त्री नियुक्त भएलगत्तै गच्छदारद्वारा संरक्षित गणेश लामालगायतका डनहरुको सम्पत्ति छानबिन तथा कारबाही प्रक्रिया सुचारु हुने भएको छ । पूर्वगृहमन्त्री गच्छदारकै दबाबले रोकिएको पाँच डनको सम्पत्ति अनुसन्धान प्रतिवेदन फाइल गत शुक्रबार नै सम्पत्ति शुद्धीकरण विभाग पुगेको स्रोतले जनायो ।
चर्चित डनहरु गणेश लामा, पर्शुराम बस्नेत, दीपक मनाङे, चक्रे मिलन र अभिषेक गिरीको अनुसन्धान फाइल नेपाल प्रहरीले विभाग पठाएको छ भने अनुसन्धानबाट यी सबैको नाममा देखिएका करोडौं सम्पत्तिको स्रोत खुल्न नसकेको देखिएको सुत्रको दाबी छ ।
प्रहरी प्रतिवेदनका आधारमा अब गणेश लामाबाट विभागले मुद्दा प्रक्रिया सुरु गर्ने भएको छ। आफू अध्यक्ष रहेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्यसमेत रहेका लामालाई जोगाउन गच्छदारले दबाब दिँदैआएकोले लामाविरुद्धको अनुसन्धान फाइल विभागसम्म पुग्न सकेको थिएन।
अनुसन्धानमा लामाले आपराधिक गतिविधिबाट १७ करोड अवैध आम्दानी गरेको खुलेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले लामा, उनको परिवार र निकटका नाममा रहेका विभिन्न सम्पत्तिमध्ये १७ करोडको स्रोत खुल्न नसकेको प्रतिवेदनमा उल्लेख गरेको बुझिएको छ । लामाको परिवारका नाममा विभिन्न कम्पनी, पेट्रोलपम्प र जग्गामा प्रशस्त लगानी रहेको अनुसन्धान प्रतिवेदनमा छ। लामा, उनका बाबु, श्रीमती, भाइ र केही आफन्तका नाममा रहेको सम्पत्ति विवरणमा लामाको नाममा काठमाडौं, भक्तपुर र ललितपुरमा २ सय रोपनी बढी जग्गा फेला परेको थियो। डन लामाको नाममा सिरुवा निर्माण कम्पनी, मेलम्ची क्रसर उद्योगलगायत विभिन्न व्यापारिक फर्म दर्ता छ। कोटेश्वरमा उनको नाममा जिएलएन आयल स्टोलमा ५ लाख लगानी र पुरानो बानेश्वरमा उनको भाइका नाममा न्यु लक्ष्मी आयल स्टोलमा पाँच लाख लगानी देखिएको थियो।
यस्तै विराटनगरका डन बस्नेत बस्नेतले एमालेको प्रभावको प्रयोग गरेका थिए। उनी युवा संघ नेपालका केन्द्रीय सदस्य पनि हुन्। अनुसन्धानकर्ताले पर्शुरामको नगद मौज्दात धेरै खुलाउन नसके पनि उनी र उनका सहयोगी मुकेश बस्नेतका नाममा मोरङमा ४२ रोपनी जग्गा रहेको खुलेको छ। मोरङमा उनको श्रीमती र सहयोगीका नाममा घर तथा जग्गा खुले पनि अनुसन्धान अगाडि नै बिक्री गरिसकेको भेटिएको थियो। पर्शुराम र उनको सहयोगीका नाममा एडजोन एड्भरटाइजिङ, पिआर हार्डवेयर, बगलामुखी बिल्डर्स, गजलक्ष्मी ट्रेड, मेरो ट्राभल्स, वेलकम पार्टी प्यालेस र टेकेन्द्र निर्माण सेवा फेला परेको छ।
यस्तै प्रहरीको अनुसन्धान अगाडि दीपक मनाङेले स्वयम्भूको ३१ आना जग्गा बिक्री गरेको देखिएको छ । अनुसन्धानबाट ठमेलको कवाडी सामानको व्यापार, वीरगन्जमा ट्रान्सपोर्टमा समेत मनाङेको लगानी रहेको खुलेको थियो। ठमेलको एक होटलमा उनको नाममा ६० करोड बढी लगानी रहेको अनुसन्धानमा देखिएको छ।
नुवाकोटको ककनीमा करिब ३ करोडबराबरको ७८ रोपनी जग्गा समेत फेला परेको थियो। उनको गोसाइँकुण्ड क्रसर रोडा ढुंगाको नाममा मकवानपुरमा १४ कट्ठा जग्गा देखिएको छ। उनको नाममा गोसाइकुण्ड क्रसर, ओम मल्टिप्रपोज, इच्छामाई र वेस्ट पोइन्ट ढुंगा रोडामा लगानी देखिएको थियो।
यसैगरी मिलन चक्रेको नाममा काठमाडौंमा उनको नाममा सात आना जग्गा देखिएको छ। उनको परिवारको नाममा काठमाडौं र गोरखामा करिब ३० रोपनी जग्गा, बैंकमा दुई लाख ४८ हजार रुपैया र परिवारको सदस्यका नाममा करिब दुई लाख रकम मात्रै खुलेको बताइएको छ। बताइएअनुसार अभिशेष गिरी, लोकबहादुर श्रेष्ठ, कविन शाक्य, ज्ञानेन्द्र श्रेष्ठ र बलराम सापकोटा नामक डनहरुको सम्पत्ति अनुसन्धान पनि सकिएको छ। ब्युरोले चारैजनाको सम्पत्ति अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार