‘चौतारी’को नतिजाले निम्त्यायो एमालेभित्र बखेडा

३ चैत्र २०६९, शनिबार ०७:०७ मा प्रकाशित

काठमाडौं, ३ चैत । नेकपा एमाले समर्थित पत्रकारहरूको सङ्गठन पे्रस चौतारी नेपालको सातौँ महाधिवेशनले राजेन्द्र अर्याललाई अध्यक्ष पदमा चयन गरेपछि एमालेभित्र एकपटक फेरि गुटगत चर्चा–परिचर्चा सुरु भएको छ । एमालेभित्र केपी ओली समर्थकका रूपमा चिनिएका अर्याललाई झलनाथ खनाल पक्षले समेत समर्थन गरेपछि अर्याल अत्यधिक बहुमतले विजयी बनेका थिए । उनीसँग माधव नेपालका निकट मानिने विष्णु रिजाल प्रतिस्पर्धामा उत्रिए पनि रिजालले खनाल र ओली दुवै पक्षको समर्थन प्राप्त गर्न सकेनन् । स्वयम् झलनाथ खनाल र महासचिव ईश्वर पोखरेलले रिजाललाई पराजित गर्न विशेष सक्रियता दर्शाएको चर्चा यतिबेला एमालेवृत्तमा व्याप्त छ । रिजालले आफ्नो सम्पादकत्वमा प्रकाशित हुने ‘बुधबार साप्ताहिक’मार्फत नवनिर्वाचित चौतारी अध्यक्ष अर्याल र वली तथा खनालपक्षका कतिपय नेताहरुको धज्जी उडाएर समाचार प्रकाशित गरेपछि एमालेवृत्तमा गुटगत चर्चा चुलिएको हो ।
एमालेसुत्रका अनुसार रिजालका पक्षमा रहेका पत्रकारहरूलाई खनालले काठमाडौंबाटै टेलिफोन सम्पर्क गरी जसरी पनि रिजाललाई हराउन निर्देशन दिएका बुझिएको छ । खनालको निर्देशनपश्चात् पहिले रिजालको पक्षमा देखिएका निवर्तमान अध्यक्ष गगन विष्ट, प्रचार विभागका सचिव सूर्य थापालगायत विष्णु रिजाललाई हराउन कस्सिएका थिए । एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवाली, पे्रस चौतारीका पूर्वअध्यक्ष शम्भु श्रेष्ठ, बहुचर्चित युवा नेता एवम् पत्रकार गोकुल बास्कोटा, वरिष्ठ पत्रकार गोपाल बुढाथोकीलगायतका अगुवाहरू सुरुदेखि नै राजेन्द्र अर्याललाई जिताउन सक्रिय भएका थिए । युवा नेताहरू भानुभक्त ढकाल र विनोद ढकाल भने खुलेरै कसैको पक्षमा देखिएका थिएनन् । यसअघि खनाल र केपी ओली समूहबीच कहिल्यै नदेखिएको एकता यसपालि पे्रस चौतारीको अधिवेशनमा देखिएको महसुस सम्बद्ध पक्षले गरेका छन् । कसैलाई विजयी गराउनेभन्दा पनि विष्णु रिजाललाई हराउने कुरालाई खनाल पक्षले प्राथमिकता दिएपछि राजेन्द्र अर्याल भारी बहुमतले जित्ने स्थिति बनेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र