गिरिजाबाबुको तेस्रो स्मृति दिवस सुरजपुरामा मनाउने तयारी

३ चैत्र २०६९, शनिबार ०६:०३ मा प्रकाशित

चन्द्रकान्त  खनाल/ रुपन्देही, ३ चैत । नेपाली कांग्रेस रुपन्देहीले पार्टीका तत्कालीन सभापति स्व. गिरिजाप्रसाद कोईरालाको तेस्रो पुण्य स्मृति दिवस रुपन्देहीको सुरजपुरामा मनाउने भएको छ । पार्टी जिल्ला कार्यसमितीको शुक्रबार बसेको बैठकले तत्कालिन घटनासहित पार्टीमा स्वर्गिय कोईरालाको योगदानको स्मरण गर्दै यहि चैत ७ गते बुधबार सो स्थानमा स्मृति दिवस मनाउने निर्णय गरेको जिल्ला सचिव रामकृष्ण खाणले जानकारी दिए ।
पार्टीका तत्कालीन महामन्त्री स्वर्गिय कोईरालालाई २०४० सालमा पार्टी कामको सिलसिलामा रुपन्देही आएका वेला तत्कालनी जिल्ला सभापति पुष्पानन्द गिरीको घरमा बसेको अवस्थामा आक्रमण भएको थियो । सो कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोईराला, अर्का केन्द्रीय सदस्य वालकृष्ण खाण लगायतका नेताहरु आउने कार्यक्रम तय भएको छ ।
त्यस्तैगरी खिलराजरेग्मीको नेतृत्वमा चुनावी सरकार गठन भएलगत्तै पार्टीले सोही बैठकबाट फोटोसहितको मतदाता नामावली संकलनका क्रममा सहयोग गर्न र आफ्नो नाम नछुटाउनका लागि आव्हान गरेको छ । निर्वाचन आयोगले यहि चैतको १० गतेदेखि फोटोसहितको नामावली संकलन गर्न लागेको छ । जिल्ला सभापति अव्दुल रज्जाकको सभापतित्वमा भएको बैठकले बिभिन्न ३० वटा बिभाग गठन गरि विभागमा नेतृत्व समेत प्रदान गरेको छ ।
ज्येष्ठ नागरिक तथा राजनीतिज्ञ समितिको संयोजकमा सभापति रज्जाक, संगठन विभागमा हरिध्वज मल्ल, स्थानीय विकास तथा पूर्वाधारमा बिष्णुप्रसाद बस्याल, कार्यक्रम प्रशिक्षण तथा समन्वयमा प्रेमनारायण खरेल, अनुसाशनमा फणिन्द्र शर्मा, बुद्धिजिवी तथा पेशागत बिभागमा शिवराम न्यौपाने, जनसंख्या तथा स्वास्थ्यमा जनक कोइराला, अभिलेख संकलनमा क्षेत्र नं. ४ का रामबहादुर कार्की, विद्यार्थी फाँटमा लक्ष्मण आचार्य क्षेत्री, महिलामा भगवती बस्याल, तरुणमा प्रकाशचन्द्र ढकाल, श्रमिकमा शुनिलप्रसाद मरासीनि, शिक्षा बिभागमा रबिन्द्रसिंह राना, यातायात व्यबस्था समन्वयमा ढुण्डिराम पन्त, गैरसहकारी समन्वय विभागमा गिरीराज पाठक, युवा तथा खेलकुँदमा दिलबहादुर रानालाई जिम्वेवारी दिइएको छ ।
त्यस्तैगरी कृषि तथा सहकारीमा बिनोदकुमार श्रीवास्तव, उद्योग तथा व्यापार व्यबसाय समन्वयमा वैजनाथ पाठक, अनुगमन तथा मुल्याङ्कनमा मीना भण्डारी, आदीवासी जनजातीमा लालबहादुर श्रेष्ठ, दलित समन्वय विभागमा सम्राटचन्द चुनारा, पिछडा वर्ग, अल्पसंख्यक तथा मुस्लिममा निजामुद्धिन पठान, कानुनी परामर्श बिभागमा विश्वेस्वरप्रसाद बस्याल, भूपूसैनिकमा क्षेत्र नं. २ का रामबहादुर कार्की, सांस्कृतिक तथा कला विभागमा गंगाबहादुर केसी, मधेशी विभागमा वेचनप्रसाद यादव, वैदेशिक रोजगार समन्वयमा खडानन्द खनाल, द्वन्द्व व्यबस्थापनमा हरि काफ्ले, सुचना तथा प्रचारप्रसारमा शक्तिप्रसन्न गिरी र आन्तरिक लेखा परिक्षणमा दिवाकर दुवेलाई जिम्मेवारी दिईएको सचिव खाँणले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

वाशिङ्गटन डिसी । नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ ।