बेलायती कारागारमा रहेका नेपाली सेनाका कर्णेल कुमार लामा थुना मुक्त

३ चैत्र २०६९, शनिबार ०३:२७ मा प्रकाशित

ध्रुब कुमार ढकाल, लन्डन, ३ चैत । युद्ध अपराध अभियोगमा दुई महिनादेखि लन्डनस्थित बेलमार्स कारागारमा रहेका नेपाली सेनाका कर्णेल कुमार लामा नेपाल सरकारको औपचारिक पत्र सहित अदालतले तोकेको धरौटी बुझाएपछि आज धरौटीमा रिहा भएका छन् । चेल्म्स फोर्ड क्राउन कोर्ट इसेक्स्मा गत शुक्रबार दिइएको जमानत आवेदनमा सुनुवाइ हुँदा अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो सोहि आदेश अनुसार नेपाल सरकारको औपचारिक पत्र सहित अदालतले तोकेको धरौटी बुझाएपछि कर्णेल कुमार लामा थुनामुक्त भएका हुन् । लण्डनस्थित नेपाली राजदूतावासले जनाए अनुसार आज लण्डनको स्थानिय समय अनुसार आज अपरान्ह कर्णेल कुमार लामा थुनामुक्त भएका हुन् । कर्णेल कुमार लामाको तर्फबाट क्युसी जेम्स् लुइसले बहस गरेका थिए । लामा थुनामुक्त भएको खबरले उनका परिवारसहित नेपाली सेनामा समेत खुसी छाएको छ । गत शुक्रबार अपराह्न ४ बजे निवेदन दिएकोमा न्यायाधिसले सोहि दिन ५ बजे स्वीकृत गरिदिएका थिए । नेपाल सरकारको औपचारिक पत्र सहित अदालतले तोकेको धरौटी बुझाएपछि आज अपरान्ह थुनामुक्त भएका कर्णेल कुमार लामाले बेलायत छोड्न पाउने छैनन् र अदालतले चाहेको बेला उनी हाजिर हुनुपर्नेछ । यसअघि कर्णेल कुमार लामाको तर्फबाट सेन्ट्रल लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट, ओल्ड बेलीमा भएको प्रारम्भिक सुनुवाइका क्रममा न्यायाधीश एडि्रयन फुलफोर्डको इजलासले जमानत आवेदन अस्वीकार गरिदिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार