मनिचेन्जरको आडमा अवैध धन्दा गर्नेहरु पक्राउ

२ चैत्र २०६९, शुक्रबार २१:५४ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, २ चैत । अवैध रकम कारोवारी तीन व्यक्तिलाई प्रहरीले बुटवलमा पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले सुराकीको आधारमा मनि एक्सचेन्ज काउन्टर र मनि ट्रन्सफरबाट विदेशी मुद्रा अपचलन गर्नेहरुलाई पकाउ गरेको हो ।
बुटवल नगरपलिका बार्ड नम्बर ८ राम मन्दिरको एकता मनि चेन्जरबाट प्रतिबन्धित ५सय र १ हजार दरका भारतीय नोट र दुर्गा मन्दिर लाइन सगुन मनि ट्रन्सफरबाट भारु, डलर, जापनिज एन, युरोलगायतका विदेसी रकमको अपचलन गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा एकता मनिचेन्जरका सञ्चालक अर्घाखाँची जिल्ला खन गाविसका वसन्त खनाल, सगुन मनि ट्रान्सफरका सञ्चालक अर्घाखाँची  मैदानका महेश घिमीरे र रुपन्देही दयानगर १ का पारसमणि अर्याल रहेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी राजकुमार बैदावरका अनुसार एकता मनिचेन्जरबाट २ लाख ८ हजार भारु, सगुन मनि ट्रन्सफरबाट भारु  १लाख १६ हजार ५ सय, अमेरिकी  डलर १ हजार ३ सय ८४, जापनिज एन १० हजार , सिड्गापुर डलर १२, यरो १०० , अस्ट्रेयिलन डलर २०, मलेसियन रिंगिट १६७ , कुबेति डिनार ६५ . २५, ओमनि रियाल १८ , युएई दिराम २ हजार ४० रहेको छ । उनीहरुलाई थप कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रहरीको भनाइ छ ।
यसैगरी अवैध रुपमा कोचिड सेन्टर सचालन गरि ठगि गर्ने ४ जनालाई पकाउ गरि अनुसन्धानको लागी म्याद थप गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा  ब्लु स्काई कोचिड् सेन्टरका सञ्चालन गर्ने त्रिभुवन पराजुली, वृहस्पति कोचिड सेन्टरका  सञ्चालक  यमप्रसाद श्रेष्ठ, कुसुम कोचिड्ग सेन्टरका सुशील खनाल,  लुम्बिनि कोचिड् सेन्टरका टिकाराम शर्मा रहेका छन् ।
यस्तै बुटवल बजार तथा राजमार्गकिनार जुवाको रुपमा क्यारेम बोर्ड सञ्चालन गरेको भन्दै ३४ वटा बोर्ड र सञ्चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत