बाबुरामको बहिर्गमनकै लागी प्रधानन्यायाधिसको नेतृत्वः कोईराला

२ चैत्र २०६९, शुक्रबार २०:०३ मा प्रकाशित

देवचन्द्र भट्ट, नुवाकोट, २ चैत । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले गणतन्त्रको खिलाफमा आफ्नो पार्टीले कसैसँग पनि गलत सम्झौता नगर्ने बताउनुभएको छ । सोहि कारण वावुराम सरकारको वर्हिगमनकै लागी नेपाली कांग्रेसले प्रधानन्याधिशको नेतृत्वमा चुनावी सरकार स्वीकार गरेको ठहर गनुभयो ।
केन्द्रीय निति तथा प्रशिक्षण प्रतिष्ठानले नुवाकोटमा विहिवारदेखि सञ्चालन गरेको प्रशिक्षणको उद्घाटन सभामा कोइरालाले संबिधानसभा भंग गरेर सरकार लम्बाउने सरकारको बहिर्गमनका लागी उपयुक्त ठानेर नेपाली काग्रेसले प्रधानन्यायाधिस खिलराज रेग्मीको नेतृत्वको चुनावी सरकार स्वीकारेको उनले बताउनुभयो ।
काग्रेसलाई कुर्सी चाहिएको भन्दै सरकार लम्बाउने बाबुराम भट्ट।राईको सरकारलाई बहिर्गमन गर्ने आफुहरु सफल भएको पनि उहाँको दाबी थियो । कार्यक्रममा काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले नेपाली काग्रेसले न्यायालय सम्बन्धी कुनै पनि काम हेर्ने नपाउने गरी पार्टीले प्रधानन्यायाधिसको नेतृत्वको बिषयमा सम्झौता गरेको बताउनुभयो ।
प्रधानन्यायाधिस रेग्मीको ठाउँमा अर्को कार्याबाहक नियुक्ति भईसकेका छन्, शक्ति पृथकीकरणको हिसाबले एउटै व्यक्तिले दुईटा काम गर्ने नमिल्ने आफुहरुले प्रधानन्यायाधिसलाई प्रधानमन्त्री बनाउने सहमति गरेका छौ । उहाँले आफु प्रधानमन्त्री भएका बेला बाबुरामले राखेको ४० सुत्रिय माग डेढ बर्षमा पनि पुरा गर्ने नसकेको आरोप लगाउनुभयो । आफु प्रधानमन्त्री हुदाँ १० दिन भित्र माग पुरा गर भन्ने बाबुरामले आफु सत्तामा पुगेपछि अहिले सम्म कति वटा माग पुरा नगरेको बताउनुभयो ।
कार्यक्रममा कांग्रेस उपसभापति रामचन्द्र पौंडेलले माओवादीले कांग्रेस मान्दैन भनेर फालेको पासोमा आफै परेको बताउनुभयो । उपसभापति पौंडेलले कांग्रेसलाई आरोपीत गरेर सत्तामा बसिरहने चाहना आफूहरुले तुहाइदिएको पनि दावी गर्नुभयो ।
माओवादीहरुले आफ्नो महाधिबेशन बाट हामीले नमानुन भनेर पासो ल्याएको तर आफै त्यो पासोमा फसेको उनको दाबी रहेको छ । उनले प्रधानन्यायाधिस अब प्रधानमन्त्री भईसकेकाले उनले कुनै गल्ती गरे न्यायालयको कठघारामा पर्ने बताए ।
महामन्त्री प्रकाशमान सिंहले लोकतन्त्र सिद्धाउने योजना सफल हुन नदिन सफल भएकाले अव निर्वाचनमा जित सुनिश्चित गर्नु आवस्यक भएको बताउनुभयो । अर्का महामन्त्री कृष्णप्रसाद सिटौंलाले माओवादीले निर्वाचन र संविधान दुवै नचाहेकाले प्रधानन्यायाधिसबाट बाबुराम सरकार विस्थापित गरेको बताउनुभयो । उहाँले चुनावी सरकार कांग्रेसले समर्थन नगरेका दीन ढल्ने दावी गर्नुभयो ।
कार्यक्रममा कांग्रेस नेता डा. रामशरण महतले स्वभाविक रुपमा बच्चा जन्माउन नसक्दा अप्रेसन गरेजस्तै स्वभाविक रुपमा निर्वाचन नहुदा गरिएको अप्रेसन अहिलेको सरकार भएको दावी गर्नुभयो । अर्का कांग्रेस नेता अर्जुनरसिंह केसीले वर्तमान सहमति कांग्रेसको नीति र सिद्धान्तमा पर्छन पर्दैनन् भनेर बहस जारी राख्दै निर्वाचनमा जानुपर्ने बताउनुभयो ।
अर्का केन्दीय सदस्य नरहरि आचार्यले प्रधानन्यायाधिसलाई प्रधानमन्त्री बनाउने निर्णय सर्वत्र बहसको विषयका बनेको भन्दै त्यसले दिने परिणामा सचेत हुनुपर्ने बताउनुभयो । कार्यक्रममा अधिकांस केन्द्रीय सदस्यहरुले राजनीतिक नेताले लिने जिम्मा प्रधानन्यायाधिसलाई दिइएकाले त्यसको विश्रामा निरंकुसता हुन नदिन समयमा निर्वाचन आवश्यक भएको बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा

हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा

काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही