गृहमन्त्री घिमिरेको प्राथमिकता शान्तिसुरक्षामा

२ चैत्र २०६९, शुक्रबार १७:५९ मा प्रकाशित

काठमाडौं, २ चैत । नवनियुक्त गृहमन्त्री माधवप्रसाद घिमिरेले विभिन्न सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट सुरक्षा अधिकारीहरुलाई गृहमन्त्रालयमा बोलाएर शान्तिसुरक्षाका सवालमा कसैसँग सम्झौता नगर्न निर्देशन दिएका छन् । विकास र निर्माणका काममा बरु सम्झौता गर्न सकिन्छ तर शान्ति–सुरक्षामा कसैसँग सम्झौता गर्न नसकिने उनको सुझव थियो ।
सो अवसरमा उनले स्वतन्त्र र भयरहित निर्वाचन नै अहिलेको मुख्य उद्देश्य रहेकोले शान्तिसुरक्षा कायम राख्न उच्च सतर्कता अपनाउनु पर्ने सुझाव दिँदै भावि दिन चुनौतीपूर्ण रहेकोले थप सतर्कता अपनाई कार्य गर्नुपर्नेमा गृहमन्त्री घिमिरेको विशेष जोड थियो ।
भष्ट्राचार सम्बन्धी मुद्दा र गुनासाहरुलाई तत्काल उचित सम्वोधन गर्ने, लैगिंक हिंसालाई हतोत्साहित गर्ने तथा यस्ता मुद्धाहरुलाई उच्च प्राथमिकतामा राखी हिंसामा संलग्नलाई कडा भन्दा कडा कारवाही गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा