नयाँ सरकारले समयमै निर्वाचन सम्पन्न गर्ने पूर्वप्रशासकहरुको दाबी

२ चैत्र २०६९, शुक्रबार १७:४५ मा प्रकाशित

काठमाडौं, २ चैत । कर्मचारीहरुबाट बनेको सरकारले चुनाव गराउन नसक्ने विश्लेषण गरिन थालिएको बेला पूर्व मुख्यसचिव डा. विमल कोइरालाले नेपालको निजामती क्षेत्र संकट ब्यवस्थापनमा सफल देखिँदै आएको भन्दै प्रधानन्यायधिशको नेतृत्वमा पूर्वप्रशासकहरु संलग्न चुनावी सरकार मुलुकमा निर्वाचन गर्न सक्षम सावित हुने दावी गरेका छन् ।  उनले निजामती सेवाबाट निबृत्त भएका पूर्वमुख्य सचिव र सचिवहरुले प्रधानन्यायाधीशको नेतृत्वमा दोस्रो संविधानसभाको निर्वाचन असार ७ गतेभित्रै निष्पक्ष रुपमा गरेर मुलुकलाई निकास दिने विश्वास ब्यक्त गरे ।
राजधानीमा आयोजित साक्षात्कारमा डा. कोइरालाले बहालवाला प्रधानन्यायाधीश र पूर्व प्रशासकहरुले निर्वाचनलाई राम्ररी वुझेकोले मुलुकले निर्वाचन मार्फत निकास पाउने तर्क गर्दै राजनीतिक दलहरुले निर्वाचनको बातावरण निर्माण गर्नुपर्ने आवश्यकता औल्याए । लोकतन्त्रको प्राण निर्वाचन भएको र अहिले निर्वाचन गर्ने विषयमा दलहरुवीच खासै मतभेद नभएकोले निर्वाचन हुन नसक्ने अवस्था नभएको उल्लेख गर्दै उनले दिन रात नभनी, विदा समेत नबसी काम गरे निर्वाचन तोकिएकै समयमा हुने बताए ।
यसैगरी पूर्व गृहसचिव उमेश मैनालीले प्रधानन्यायधिसले राजिनामा दिँदा स्वतन्त्र ब्यक्ति नरहने र स्वतन्त्र नभएको ब्यक्तिमा निष्पक्ष निर्वाचन गर्न सक्ने क्षमता नभएका कारण बहालवाला प्रधानन्यायधिसलाई नेतृत्व दिनु उचित भएको दावी गरे । मैनालीले भने– दलहरु असफल भएकोले लोकतन्त्रलाई बचाउन निर्वाचन गर्नै पर्ने यो सरकारको बाध्यता हो र जसरी पनि पुरा गर्नु पर्छ ।
नागरिकता वितरण, मतदाता नामावली संकलन, दल दर्ता, ब्यालेट पेपर छपाईको लागि समय नपुग्ने आशंका ब्यक्त गर्दै उनले भने– नागरिकता वितरणमा पहिलो संविधानसभाको लागि झण्डै तीन महिना समय लागेको थियो, अहिले त्यो समय छैन । त्यस्तै मतपत्र छाप्न मात्रै डेढ महिना लागेको थियो । त्यसैले पनि असार ७ भित्र निर्वाचन सम्पन्न गर्न कठिन छ । निर्वाचनको लागि सुरक्षाको समेत चुनौति रहेको उल्लेख गर्दै भीआईपी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्ने, म्यादी प्रहरी नियूक्त गर्ने र नेपाली सेना समेत परिचालन नगरी निर्वाचनको लागि सुरक्षा ब्यवस्था कायम गर्न नसकिने दावी मैनालीले गरे ।
अहिलेको अवस्था नआउनु पर्नेमा राजनीतिक दलहरु असफल भएकोले अहिलेको अवस्था आएको आरोप लगाउँदै राजनीतिक दलहरुले आफ्नो घोषणापत्र मात्रै लाद्न खोज्दा संविधानसभा असफल भएको दावी गरे । प्रधानन्यायधिस कार्यकारी हुँदा अदालतको काम कारवाही छाडेर आउने भएकोले न्यायलयमा हस्तक्षेप हुनै नसक्ने उनको तर्क थियो । राजनीतिक दलहरुमा चुनावको विरोध नरहेकोले समयमै निर्वाचन हुन सक्ने विश्वास ब्यक्त गर्दै सरकारमा रहेका पूर्व सचिव र प्रशासकहरुले जनताको समस्या बुझेकोले समस्या समाधान गरेर मुलुकलाई निकास दिन सक्ने बताए ।
अर्का पूर्व सचिव त्रिलोचन उप्रेतिले  शक्ति पृथकिकरण समान्य अवस्थामा मात्रै कार्यान्वयन हुन सक्ने भएकोले यसको कुरा उठाएर विरोध गर्नुको अर्थ नहुने स्पष्ट पार्दै न्याययिक नेतृत्वमा पूर्व प्रशासकहरु भएको सरकार गठन भएकोले यसले निर्वाचन गर्न सक्ने दावी गरे । यद्यपि उनले निर्वाचनको लागि दलहरुले सरकारलाई सक्रिय सहयोग गर्नुपर्ने तर्क गरे ।
पूर्वसचिव उमाकान्त झाले देशलाई लामो समयसम्म अन्यौलमा राख्ने अधिकार कसैलाई पनि नभएकोले निकासको लागि आएको प्रधानन्यायधिस नेतृत्वको सरकारले मुलुकमा निर्वाचन गरेर निकास दिने विश्वास ब्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर