पुरानै भाग नपाए ‘विपक्षी मधेसी’ आन्दोलनमा उत्रने

२ चैत्र २०६९, शुक्रबार १७:२८ मा प्रकाशित

काठमाडौं, २ चैत । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन गरेर प्रमुख भनिएका चार दलले जनताको अधिकार खोसेको आरोप  लगाएका छन् । संघीय लोकतान्त्रिक मोर्चाको समेत नेतृत्व गरिरहेका यादवले चार दलबीच सहमति भएको समानुपातिक सीट संख्यामा आपत्ति जनाउँदै सो सिट संख्या स्वीकार नगर्ने जनाएको छ ।
राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यसअघिकै आधारमा सिट निर्धारण गरिनु पर्ने माग गर्दै सो नभए मोर्चा आन्दोलनमा जाने चेतावनी यादवले दिए । अघिल्लो नियमअनुसार ४२ प्रतिशत प्रत्यक्ष, ५८ प्रतिशत समानुपातिक र २६ जना मन्त्रिपरिषदबाट नियुक्त हुने व्यवस्था थियो । चार दलको संयन्त्रलाई षड्यन्त्रको विशेषण दिँदै उनले चार दलको खटनमा सरकारको लगाम समातेका प्रधानन्यायाधीश रेग्मी नेतृत्वको सरकारले निष्पक्ष चुनाव गराउन नसक्ने ठोकुवा गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज पुनः झापा जाँदै छन् । आइतबार झापा गएका प्रधानमन्त्री ओली मङ्गलवार पुनः झापा

काठमाडौँ । स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा रहको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज स्वदेश फर्किन लागेका हुन् । न्युरो–इन्डोक्राइनको

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

काठमाडौं । नेपाल आयल निगमले हिजो सोमबारदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि