माछा पालन व्यवसायबाट जिविकोपार्जन

१९ चैत्र २०६८, आईतवार १८:०७ मा प्रकाशित

बैतडी, १९ चैत । बैतडीको वसन्तपुर गाविस वडा नं ८ धनचुलीका कृत बहादुर चन्दले माछा पालन व्यवसाय गरेर निकै आम्दानी गर्नुभएको छ । पहाडी क्षेत्रमा समेत माछा पालन व्यवसाय गरेर उहाँले बार्षिक रुपमा ८० हजार रुपैंया आम्दानी गर्ने गरेको बताउनुभयो । तीन बर्ष पहिलादेखि माछा पालन व्यवसाय शुरु गर्नुभएका चन्दले माछा पालन व्यवसाय जिविकोपार्जनको राम्रो स्रोत भएको बताउनुभयो । कैलालीको गेटाबाट माछाका भुराहरु ल्याएर व्यवसाय थाल्नु भएका चन्दले दुर्गास्थान तथा देहीमाण्डौं बजारमा माछा विक्रि गर्ने गरेको बताउनुभयो । माछाको माग धेरै भएपनि आपूर्ती हुन नसकेको उहाँले बताउनुभयो । पहिला भारतमा गएर आफ्नो श्रम बेच्न बाध्य भएका चन्दले स्वदेशमै केही गरेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिनुभएको छ । आफ्नो ठाउँको स्रोत साधनको उपयोग गरेर व्यवसाय गरे जिविकोपार्जनका लागि अन्यत्र जानु नपर्ने चन्दको धारणा छ । माछा पालन व्यवसायमा लागेका चन्दले पछिल्लो २ बर्ष यता च्याउ खेतीसमेत शुरु गर्नुभएको छ । च्याउ खेतीबाट पनि राम्रो आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गत मंगलबार गर्‍याे । अब नयाँ विधेयक दर्ता हुने कानुनमन्त्री गाेविन्द प्रसाद शर्मा (कोइराला)ले

बाजुरा । बाजुराको बूढीगंगा नगरपालिकामा हिजो (बिहीबार) भएको पालिका चुनावको मतगणना आज (शुक्रबार) देखि शुरु हुँदैछ । मतगणनाको लागि केहीबेरमा सर्वदलीय

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरोकारवाला निकायसँग गहन छलफल नगरी र प्रशासनविद्हरूसँग कुनै सुझावै नलिई हचुवाकै आधारमा