प्रधानले बुझाए राजीनामा

२ चैत्र २०६९, शुक्रबार १७:०० मा प्रकाशित

काठमाडौ, २ चैत । प्रधानमन्त्री ओहदाबाट बाबुराम भट्टराईको बहिर्गमनसँगै पत्रकार डेकेन्द्र थापाका अभियुक्त कारबाही प्रकरणमा तीव्र बिवादमा मुछिएका महान्यायधिवक्ता मुक्ति प्रधानले राजीनामा दिएका छन् । नयाँ सरकार गठन भएको भोलिपल्टै उनले चुनावी सरकारका अध्यक्ष खिलराज रेग्मीसमक्ष राजीनामा बुझाएका हुन् ।
राष्ट्रिय मानवअधिकार सरोकार केन्द्र नामक गैरसरकारी संस्था चलाउने प्रधानलाई सरकारको कानूनी सल्लाहकारका रुपमा रहने महान्यायाधीवक्ता पदमा एमाओवादी नेतृत्वको सरकारले २०६७ साल भदौ २२ गते नियुक्ति दिएको थियो । सशस्त्र द्वन्दका समयमा मुक्ति प्रधानलगायतका केही माओवादी नेता पार्टी सम्पर्कबाट टाढिएर बसेका भए पनि पार्टी सरकारमा गएपछि लाभ उठाएको भन्दै एमाओवादीका अधसंख्यक कार्यकर्ताले असन्तुष्टि जनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय