एक-दुई दिनमै चुनावको तिथि तोकिने

२ चैत्र २०६९, शुक्रबार ०९:५७ मा प्रकाशित

काठमाडौं, २ चैत । चुनावी प्रयोजनका लागि नवगठित सरकारले एक-दुई दिनमै निर्वाचनको तिथि निर्धारण गर्ने भएको छ । गृह तथा परराष्ट्रमन्त्री माधव घिमिरेका अनुसार सरकारले निर्वाचन आयोगसँग छलफल गरेर यथाशीघ्र संविधानसभा निर्वाचनको मिति तोक्ने काम गर्नेछ ।
प्रमुख राजनीतिक दलदहरुले असार ७ भित्र निर्वाचन गराउने जिम्मेवारी दिएअनुसार अन्तरिम चुनावी सरकारले समयमै स्वच्छ र निष्पक्ष निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेको छ भने चुनावी वातावरण बनाउनका लागि सहयोग गर्न सबै दल, नागरिक समाज, प्रेस र सर्वसाधारणलाई आग्रह पनि गरेको छ ।
यसैबीच मन्त्रीमण्डलको बैठकले जथाभावी आर्थिक सहयोग तथा चन्दा वितरणलाई रोक लगाउँदै मापदण्डबाहिर कुनै रकम नबाँड्ने निर्णय गरेको छ भने पेट्रोलियम पदार्थको अभाव हटाउन एक समिति गठन गर्ने निर्णय गरेको छ । सो समितिमा मुख्यसचिव लीलामणि पौडेलका साथमा गृह, अर्थ, वाणिज्य सचिव र उद्योग वाणिज्य संघका पदाधिकारीहरु रहनेछन् जसले पेट्रोलियमको सहज आपूर्तिको व्यवस्था मिलाउने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेका लागि बोलाइएको