काठमाडौं, २ चैत । जिल्ला कारागार धुलिखेलमा एक कैदीको जेलभित्रै मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्मकैदको सजाय खेपिरहेका चितवन पार्वतीपुरका कुमबहादुर कामीको एकैक्षणको व्यथाबाट मृत्यु भएको हो । बिहीवार राती छाती दुख्यो भन्नेवित्तिकै उनलाई धुलीखेल अस्पताल लैजाने तयारी गरिएको तर अस्पताल लैजाँदा बाटैमा उनको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । उनी मुटुरोगी रहेको पनि बताइएको छ । कामीलाई कर्तव्य ज्यान मुद्धामा चिवतन जिल्ला अदालतले २०६६ साल माघ २७ गते सर्वस्व सहित जन्मकैदको सजाय तोकेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । स्थानीय निर्वाचनमा सोचेअनुरुपको जीत हासिल गर्न नसकेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सन्निपातको विरामीझै बरबराउन थालेका छन्
काठमाडौं । फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको ३० वर्ष मुनिका ३० जना प्रभावशाली एसियान युवाको सूचीमा ५ जना नेपाली परेका छन्
काठमाडौं । यसपटकको स्थानीय तहको निर्वाचनमा एमाले नराम्ररी पछारिएको छ । अघिल्लो निर्वाचनको भन्दा ९० स्थानीय तहमा मात्र पराजित भएको
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीबाट पदच्युत गरी देउवालाई प्रधानमन्त्री बनाउन माधवकुमार नेपालको ठूलो योगदान छ । यदि माधव