सर्वोच्च अदालत पहिलेभन्दा बढी परिपक्व हुन्छ : का.प्र.न्या. शर्मा

२ चैत्र २०६९, शुक्रबार ०८:५५ मा प्रकाशित

काठमाडौं, २ चैत । बहालवाला प्रधानन्यायाधीशलाई मुलुकको कार्यकारी वागडोर सुम्पिएबाट अदालतको स्वतन्त्रताप्रति आशंका उठिरहेको परिवेशमा कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका दामोदरप्रसाद शर्माले अदालती स्वतन्त्रताप्रति ढुक्क रहन आग्रह गरेका छन् । प्रधानन्यायाधीश हुनु र कार्यवाहक न्यायाधीश हुनुमा कुनै भेद नभएको उल्लेख गर्दै शर्माले आफूले अदालतको स्वतन्त्रता अक्षुण्ण राख्ने सवाललाई चुनौतीकै रूपमा लिएकोले आफ्नो नेतृत्वमा अदालत पहिलाभन्दा पनि राम्रो र परिपक्व हुने दाबी गरे । सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै यसअघि पनि २ पटक कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी संहालिसकेका शर्माले अदालतलाई पहिलेको भन्दा पनि बढी निष्पक्ष र स्वतन्त्र बनाउने आफ्नो योजना भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर