कांग्रेस नंबर एक दल बन्ने दाबी

२ चैत्र २०६९, शुक्रबार ०८:०४ मा प्रकाशित

काठमाडौं, २ चैत । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पछिल्लो समयमा नेपाली कांग्रेसप्रति जनआकर्षण बढेको र अब हुने निर्वाचनले कांग्रेसलाई एक नंबर पार्टीका रुपमा स्थापित गराउने दाबी गरेका छन् । नेपाली कांग्रेस प्रशिक्षण विभागद्धारा बिहिबार नुवाकोटको बिदुरमा आयोजित मध्यामाञ्चल स्तरीय महासमिति सदस्यहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति कोइरालाले असार पहिलो साताको घोषित मितिमै निर्वाचन हुने जनाउँदै चुनावी तयारीका लागि तत्काल परिचालित हुन पार्टीका समस्त तहतप्कालाई निर्देशनसमेत दिए । सभापति कोइरालाले राष्ट्रप्रतिको जिम्मेवारीको बोध गरेर निकासका लागि चुनावी सरकारको नेतृत्व प्रधान्याधीसलाई दिनुपरेको बताउँदै जुनसुकै हालतमा असार पहिलो हप्तासम्म चुनाव सम्पन्न गर्नुपर्ने उल्लेख गरे ।
सोही अवसरमा वरिष्ठ नेता शेरबहादुर देउवाले प्रधान्यायधीसलाई प्रधानमन्त्री बनाउने निर्णय लिनुको मूल कारण एमाओवादीलाई सत्ताबाट च्युत गर्नु रहेको खुलासा गरे । उनले पनि कांग्रेस अबको निर्वाचनमा पहिलो पार्टी भएर लोकतान्त्रीक संविधान बनाउने दाबी समेत गरे।
यसैगरी उपसभापति रामचन्द्र पौडेलले एकिकृत माओवादीले प्रधान न्यायाधीशको पासो थापेको तर उक्त पासोमा आफै परेको बताएर उपस्थित कार्यकर्तालाई हँसाए । उनले चार दलका शीर्ष नेता मिल्न नसेकाले नै प्रधानन्यायाधीशलाई स्वीकार्नु परेको लाचारी पनि व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा. रामशरण महत चुनाव सम्पन्न गर्नु कांग्रेसको दायित्व भएको उल्लेख गर्दै स्वभाविक रुपमा बच्चा जन्माउन नसक्दा अप्रेसन गर्नुपरे जस्तै स्वभाविक रुपमा निर्वाचन हुने अवस्था नदेखिएकोले राजनीतिक अप्रेशन गरेर अहिलेको सरकार जन्माउनु परेको तर्क गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी