जुम्लामा घर भत्किएर आठको मृत्यु

१ चैत्र २०६९, बिहीबार २१:४६ मा प्रकाशित

काठमाडौं, १ चैत । जुम्लामा एक घर भत्किँदा पुरिएर आठजनाको निधन भएको छ । जुम्लाको बडकी गाविस–४ बस्ने देवीलाल सार्कीको घर बुधबार राति अचानक भत्कँदा ८ जनाको मृत्यु हुनुका साथै पाँचजना घाइते भएका छन् । घटनास्थलमै मृत्यु हुनेहरुमा ३० बर्षीया ननु सार्की, १२ बर्षीय हरिभक्त सार्की, ९ बर्षीया लालजिवा सार्की, ६ बर्षीया शुसिला सार्की, १३ बर्षीया सागरा सार्की, जुुम्ला जिल्ला तातोपानी–९ घर भएका १८ बर्षीय हरिदत्त सार्की, १८ बर्षीय टंक सार्की र नाम खुल्न नसकेका ५ बर्षीय बालक रहेको र तातोपानी–९ बस्ने ९ बर्षीय भानु सार्की, देवीलाल सार्की, १८ बर्षीय शिवदत्त सार्की ,४२ बर्षीय देवीलाल सार्की र ५ बर्षीय कमल सार्की घाइते भएको प्रहरीले जनाएको छ ।
यसैगरी, पुर्व–पश्चिम राजमार्गको कठौनामा बिहिबार एस.एल.सी परिक्षा दिएर फर्किदै गरकी सप्तरी पनसेत–६ की १६ बर्षीया कुमारी चौधरीलाई बसले ठक्कर दिँदा उनको उपचारका लागि लैजाँदा बाटोमा निधन भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।निर्वाचन घोषणाको सवालमा सत्तारूढ गठबन्धन संविधान र कानूनको परिपालना भन्दा पनि बढी नाफा र घाटाको जोडघटाउमा लागेको छ । कानून

दाङ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि दाङमा अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई खोप दिन थालिएको छ । स्वास्थ्यकर्मी, सपाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई

सुर्खेत। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक

दाङ। कोरोना संक्रमण दर बढ्दै जाँदा नागरिक स्तरबाट भने स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा गम्भीर लापर्वाही देखिएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरूले कोरोना संक्रमणबाट