जेठ १४ भित्र संविधान बन्न नसक्ने कमल थापाको भनाई

१९ चैत्र २०६८, आईतवार १८:०६ मा प्रकाशित

काठमाडौ, १९ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलहरु आ–आफ्नो अडानमा यथावत रहेकाले जेठ १४ भित्र नयाँ संविधान बन्न सक्ने अवस्था नरहेको बताउनुभएको छ । राप्रपा नेपाल काठमाडौँ जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशको अखण्डता बचाउन सबै राजनीतिक दलले आप्mना त्रुटी र कमजोरी सच्याई अगाडि बढ्नु पर्ने बताउनुभयो । नेपाली काँग्रेस, नेकपा एमाले, मधेसी मोर्चा तथा एमाओवादी एक्लाएक्लै वा संयुक्तरुपमा असफल भएको प्रमाणित भैसकेको बताउँदै उहाँले ती असफलतालाई स्वीकार गर्दै उनीहरुले जनतासामु क्षमायाचना गर्नुपर्छ भन्नुभयो । पार्टीका संसदीय दलका नेता चन्द्रबहादुर गुरुङले राष्ट्रियता, प्रजातन्त्र र उदारवाद राप्रपाको मूल मन्त्र हो भन्दै संविधानसभाको म्याद पटकपटक थप्दै राजनीतिक दलहरुले राष्ट्रिय ढुकुटीे लुटिरहेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले