देशभित्र बिरोध भए पनि बाह्य समुदायबाट स्वागत

१ चैत्र २०६९, बिहीबार २१:२४ मा प्रकाशित

काठमाडौं, १ चैत । नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश नेतृत्वमा अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन भएको चैत १ को दिनलाई न्यायिक क्षेत्रको कालो दिन घोषणा गरेको छ । तत्काल प्रधानन्यायाधीश पदबाट खिलराज रेग्मीले राजीनामा दिनुपर्ने भन्दै बारले अदालतमा बिचाराधीन रहेको मुद्दालाई प्रभावित तुल्याउन उनले हतारमा सपथ लिएको आरोप लगाएको छ ।
यसरी देशभित्र चौतर्फी विरोध भए पनि छिमेकी मुलुक भारत एवम् मित्रराष्ट्र अमेरिका र बेलायतले दलहरुले सहमतिमा प्रधानन्यायाधीशलाई चुनावी मन्त्रीपरिषदको अध्यक्ष बनाएको कदमको स्वागत गरेका छन् । अमेरिकाले ‘यो एक जटिल र चुनौतीपूर्ण प्रक्रिया थियो, राजनीतिक दलहरूले यस महत्वपूर्ण राजनीतिक उपलब्धि हासिल गर्ने क्रममा सम्झौताहरू गर्न देखाउनुभएको तत्परताको हामी कदर गर्दछौ’ भन्दै राष्ट्रिय चुनावको जिम्मेवारी वहन गर्ने गरी नयाँ अन्तरिम परिषद गठनको विषयमा भएको सहमतिका लागि नेपाली जनतालाई बधाई दिएको छ । आगामी चुनावलाई अमेरिकाले पूर्णरुपले सघाउने पनि जनाएको छ ।
यस्तै बेलायतले पनि अन्तरिम चुनावी मन्त्रिपरिषद् गठनको स्वागत गरेको छ । दक्षिण एसियाली मन्त्री हृयुगो स्वायरले चार दलको निर्णय मुलुकको भविष्यका लागि फलदायी भएको बताएका छन् भन् भारतले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमको स्वागत गर्दै दलहरुबीचको सहमति अनुसार प्रधानन्यायधीश नेत्तृत्वको अन्तरिम सरकार चुनावी दिशामा अग्रसर हुने आशा व्यक्त गरेको छ ।
उता उत्तरी छिमेकी राष्ट्र चीनले पनि अन्तरिम चुनावी मन्त्रिपरिषद् गठनको स्वागत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत