संघीयता संस्थागत भए मात्र राष्ट्र बन्छ : राई

१ चैत्र २०६९, बिहीबार १८:१४ मा प्रकाशित

डिल्ली राम अंमाई, बेल्जियम । सङ्घीय समाजबादी दलका नेता अशोक राईले संघीयता संस्थागत भए मात्र राष्ट्रबन्ने भएकाले यसलाई जोडदार रुपमा उठाएको बताएका छन् ।बेल्जियममा अयोजित अन्तरकृया कार्यक्रममा बोल्दै नेता राइले बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय या बहुराष्ट्रिय र भौगोलिक हिसाबले पनि विवधिता भएको नेपाली समाजलाई संघीयताको बाटोबाट मात्र समानता र सहअस्तित्वको बाटामा लान सकिन्छ, त्यसरी मात्रै हार्दिकता, सद्भाव र एकता सुदृढ बन्न जान्छ र राष्ट्र बलियो हुन्छ भन्ने निष्कर्षको आधारमा हामीले संघीयतालाई अघि सारेको बताए ।

राईले आफ्नो पार्टी समाजलाई अग्रगति दिने परिकल्पनासहित जन्मिएको राष्ट्रिय पार्टी हुनुको साथै समानता र सहअस्तित्वका लागि संघीयता, वर्गीय मुक्ति अर्थात् आर्थिक सम्पन्नता र समानताका लागि समाजवाद भन्ने नेपालको वस्तुगत धरातलमा उभिएको मौलिक सिद्धान्त संघीय समाजवाद लिएर जनाताको घरदैलो अभियान सुरु गरेको बताए।

अर्को प्रसंगमा उनले भने मौलिक बाटोबाट अघि जान खोजिरहेका हामी माक्र्सवाद एउटा रिफेन्सियल वा सन्दर्भको रूपमा, प्रेरक तत्वको रूपमा मात्रै हामीले अंगिकार गरेका हौँ । पूँजीवाद, मार्क्सबाद सबैबाट चाहिने चिजहरू हामी केलाएर लिनेछौ। हामीले चाहेको समाजवाद नत चिनको जस्तो हुनेछ,नत यूरोपको जस्तो। यो नेपाली मौलिकतामा आधारित धेरै हदसम्म ब्राजिल र भेनेजुएलाको मोडेलसँग मिल्न सक्छ । त्यो सबै आफ्नै देशको बस्तुस्थितिले निर्धारणा गर्ने कुरा हो।

यसरी उनले भाबुक हुँदै सम्पूर्ण पहिचान सहितको संघियताका पक्षेधरहरुसँग हातेमालो गर्दै अगाडि बढ्न कार्यकर्ताहरुलाई निर्देशन् समेत् दिए। बेल्जियमको आन्त्वेर्पेन स्थित उक्त हलमा जनजाती लगायत थुप्रै नेपालीहरु नयाँ पार्टिका नयाँ नेता हेर्न र नयाँ कुरा सुन्न भेला भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत