सप्तरी घटनाका दोषी पत्ता लगाई कारबाही गर्न माग

१९ चैत्र २०६८, आईतवार १८:०४ मा प्रकाशित

काठमाडौ, १९ चैत । व्यवस्थापिका–संसद्, महिला बालबालिका तथा समाज कल्याण समितिअन्तर्गत ‘जातीय भेदभाव छुवाछूत समस्या र समाधानका उपायहरू’ अध्ययन गर्न गठित उपसमितिले सप्तरीको घटनाको बारेमा छानबिन गरी दोषीमाथि कारबाही गर्न आग्रह गरेको छ । सप्तरीको पङ्सेरा गाविस–५ बस्ने २१ वर्षीय शिवशङ्कर दासलाई त्यहीँकी चौधरी जातीको युवतीसँग प्रेम गरेको कारण युवतीका आफन्तले गत माघ १६ गते निर्घात कुटपिट गरी विष खुवाएर मारेको पीडित परिवारको भनाइ छ । घटनापछि आरोपितहरू फरार रहेका र प्रहरीले उजुरी दर्ता गर्न नमानेको आफन्तहरूले जनाएका छन् । उपसमितिका संयोजक विनोद पहाडीको संयोजनमा आज बसेको बैठकमा उपसमितिका सदस्यहरूले तत्काल घटनाको छानबिन गरी, सत्य तथ्य पत्ता लगाई दोषीलाई कानुनी कठघरामा ल्याउनुपर्ने, पीडितलाई न्याय सहित क्षतिपूर्ति दिनुपर्नेलगायतका माग गरेका हुन् । सभासद् गोविन्द नेपालीले दलितसम्बन्धी घटनाका दोषीलाई राजनीतिक दल र त्यसका नेताहरूले संरक्षण दिने गरेको आरोप लगाउँदै घटनाका बारेमा राष्ट्रिय दलित आयोग, दलित गैरसरकारी संस्था महासङ्घ, इन्सेकलगायतको टोलीले स्थलगत अनुगमन गरिसेकेको अवस्थामा त्यस घटनाप्रति राज्य बेखबर हुनु दुःखद कुरा भएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी

काठमाडौँ । सङ्घीय संसद् सचिवालले यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका सन्दर्भमा बुधबार र बिहीबार कोभिड–१९ को पीसीआर परीक्षण