रेग्मीको मार्ग मुस्किलपूर्ण, आन्दोलनलाई जनआन्दोलनको रुप दिइने

१ चैत्र २०६९, बिहीबार १३:३६ मा प्रकाशित

काठमाडौं, १ चैत । अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्ष नियुक्त भएपछि सिंहदरवार पुगेर आफ्नो पदभार ग्रहण गरेलगत्तै खिलराज रेग्मीले यतिबेला मुलुकको आवश्यकता चुनाव रहेको अभिव्यक्ति दिएका छन् । चुनावका लागि सबै दलहरुलाई एकजुट भएर लाग्न उनले आग्रह गरेका छन् । तर, चुनावी उद्देश्यले जिम्मेवारी संहालेका रेग्मीको बाटो भने सहज नरहने देखिँदैछ ।
प्रधानन्यायाधीशलाई मन्त्रीपरिषद् अध्यक्ष बनाउन चारदलले लिएको निर्णको बिरोधमा विभिन्न साना दलहरुलाईसमेत साथमा लिएर नेकपा माओवादी सडकमा उत्रिएको छ । माओवादीले निर्ण फिर्ता नलिएसम्म आन्दोलन जारी रहने जनाएको छ । सो पार्टीका महासचिव रामबहादुर थापाले चार दलको निर्णय राष्ट्रहितविरुद्ध रहेको र दलालीको पक्षपोषण गर्नेखालको छ भन्दै निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने उद्घोष गरेका छन् । आन्दोलनलाई अब जनआन्दोलनको स्वरुप दिनका लागि बृहत् मोर्चा बनाइने जानकारी पनि थापाले दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनकुटामा ‘क्लिन स्वीप’ गरेको थियो । तीन नगरपालिकासहित ७ पालिका रहेको धनकुटामा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न

रुपन्देही । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । यसै क्रममा लुम्बिनीका १०९ मध्ये ८१ स्थानीय तहको नतिजा

ललितपुर । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।